स्पेनको हारसँगै इनिस्टाले लिए सन्यास

खेलकुद

युभेन्टसले किएभोलाई हरायो, रोनाल्डोको गोल खेर गयो



खेलकुद प्रकाशित मिति:

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोले डेब्यू गरेको यो खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३-२ ले विजयी भयो ।

११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले गरेको गोलले भने मान्यता पाएन ।

सामी खिदिराले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा स्टेपिन्स्कीले बराबरी गोल फर्काए । ५६ औं मिनेटमा किएभोले अग्रता लियो ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै इमानुएल जाकिरीले किएभोलाई २-१ को अवस्थामा पुर्‍याए । तर, किएभोलाई ७५ औं मिनेट दुःखद भयो किनभने मातिया बानीले आफ्नै पोष्टमा गोल गरेपछि खेल युभेन्टस २-२ को बराबरीमा फर्कियो ।

इन्जुरी समयमा रोनाल्डोले गरेको गोलले मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

तर पनि इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिकोले निर्णायक गोल गर्दै युभेन्टसलाई ३-२ को जीत दिलाउन सफल भए । साभार अनलाईन खबर
बार्सिलोनाको सानदार जित - 2017-10-29
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात परेको छ । शनिबार राति भएको खेलमा यथ्लेटिको विल्बाओलाई २-० ले पराजित गर्दै लिगमा नवौं जित दर्ता गर्न सफल भएको हो ।

मार्टिलको गोलमा युनाइटेडले टोटनहृयामलाई हरायो - 2017-10-28
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हराएको छ ।

ग्रिजम्यान भित्रयाउने प्रयासमा बार्सिलोना - 2017-10-28
बार्सिलोनाले एटलेटिको म्याड्रिडका एन्टोनियो ग्रिजम्यानलाई भित्रयाउने प्रयास थालेको छ । जनवरीमा खेलाडी किनबेच सिजन सुरुवातमै बार्सिलोनाले ग्रिजम्यान भित्रयाउने प्रस्ताव राख्नेछ ।

चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा - 2017-10-27
लन्डन: चेल्सी खराब फर्मबाट गुज्रिरहेको एभर्टनलाई २–१ ले हराउँदै काराबाओ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

नेपाली यू-१९ टोली बंगलादेश जाँदै - 2017-10-26
यू-१९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर - 2017-10-24
विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।

लिभरपुलमाथि टोटनह्यामको शानदार जित - 2017-10-23
लिभरपुलमाथि ४–० को शानदार जित हात पारेपछि टोटनह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोले आफ्नो टिमले वेम्बलीलाई घरेलु मैदान जस्तै महसुस गर्न थालेको बताएका छन् ।

नेइमारलाई रातो कार्ड, पीएसजी बराबरीमा रोकियो - 2017-10-23
इन्जुरी टाइममा इडिन्सन काभानीले गरेको गोलको मदतमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फ्रान्सेली लिग वानमा मार्सेलिएसँग बराबरी खेलेको छ ।

प्रदेश नम्वर २ स्तरिय सितोरियो कराते प्रतियोगिता सम्पन्न - 2017-10-17
रौतहट ३१ असोज // रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरिय कराते प्रतियोगितामा सात सुवर्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर प्रदेशका आठैवटा जिल्लाका खेलाडी सहभागी थिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1362119 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top