logo
17 Oct 2018   |   
समाज

१० लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद



समाज   89 पटक पढिएको   कलमपाटी     
महोत्तरी , ३० असोज /// महोत्तरीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।

१० लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद


सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा नं. १३ गुल्मले १० लाख मूल्य भन्दा बढीको रेडिमेड कपडा, थान कपडा, सारी तथा अन्य विभिन्न कपडाहरु बरामद गरेको हो ।

सम्सी गाउँपालिका वडा नं। ४ गैढाभेटपुरको १६ नं। पिलर सिमाना क्षेत्रमा रहेको धानखेतबाट सोमवार मध्यराति वेवारिसे अवस्थामा फालिएको उक्त परिमाणको कपडाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दशैलाई लक्षित गरी सम्सी नाका हुँदै गौशाला तथा जिल्लाका अन्य भागमा राजश्व छलेर पुर्‍याउन लागेको सूचनाको आधारमा उक्त कपडाहरु बरामद गरी नियन्त्रणमा लिइएको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश्वर पोखरेलले जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएको सामानहरु मंगलबार नै जलेश्वर भन्सार कार्यालयमा बुझाइने बताए ।

सीमा नाका चाडपर्वको समयमा तस्करी बढेको छ । पछिल्लो समय भन्सार गुल्मले महोत्तरीको बिभिन्न नाकाबाट सामान बरामद गरेको भएपनि तस्करीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । साभार अनलाईन खबर









1779910 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top