logo
26 Mar 2019   |   
समाज

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु



समाज   10 पटक पढिएको        
कैलाली १२ चैत्र । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु


कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नंको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । मिनीट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ । रासस









2720637 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top