जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

समाज

प्रधानमन्त्रीको घोषणा : सिलिन्डर बिदाइ कार्यक्रम सुरु भयो



समाज प्रकाशित मिति:

विराटनगर :
प्रधानमन्त्री केपी शर्मा ओलीले एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताएका छन् । विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मैले पाइपबाट ग्यास घर घरमा पुर्‍याउँछौँ भन्दा पत्याएनन्, यहाँ पाइपबाट ग्यास कसरी पुग्छ रु हामी आफैँले चुल्हो चलाएर हेर्‍यौँ’, प्रम ओलीले भने, ‘अहिले सानो संख्यामा सुरु भए पनि ठुलो संख्यामा पनि यसलाई विस्तार गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले वायोग्यास उद्घाटनमा बोल्दै अब सिलिन्डर बिदाइ कार्यक्रम सुरु भएको बताए । ‘अब विस्तारै सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको छ । अब काँधमा सिलिन्डर बोकेर हिँड्नै पर्दैन’, ओलीले भने, ‘वायो ऊर्जालाई गाउँ गाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि विकास गर्न सकिन्छ ।

प्रम ओलीले निजी क्षेत्रतर्फ लक्षित गर्दै रोजगारी वृद्धिको पहल गर्न आग्रह गरे । ‘निजी क्षेत्रले उत्पादन, रोजगारी, आत्मनिर्भरता र निर्यातजन्य उत्पादनमा पहल लिएर लगानी गर्ने हो भने आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउन सकिन्छ’, ओलीले सम्बोधनका क्रममा भने ।

प्रम ओलीले ठुला जलविद्युत् आयोजनाहरु धमाधम बनिरहेकाले ग्यास सिलिन्डर विदाइको अवस्था नजिक आएको बताए । ‘ठुला विद्युत् आयोजना क्रमशः बनिरहेका छन् । त्यसको ऊर्जाको प्रयोग पनि बढ्नेछ’, ओलीले भने, ‘यो यात्रा अहिले सानो देखिए पनि यसको ठुलो महत्व छ, यो सुरक्षित पनि छ ।’

प्रम ओलीले सौर्य ऊर्जा पनि क्रमशः सस्तो हुँदै गएकालले ग्यासको विकल्पमा त्यसलाई पनि विस्तारै बढाउँदै लैजान सकिनेमा जोड दिए । साभार अन्नपुर्ण
हुलाकी सडक निर्माणके लेल भारतीय दूताबासद्वारा करिब पच्चीस करोड हस्तान्तरण - 2017-02-01
भारतीय दूताबासले हुलाकी सड निर्माणको लागि करिब पच्चीस करोड रुपैया नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यू - 2017-02-01
रौतहट १९ माघ / मंगलवार राति रौतहट स्थित पुर्व पस्चिम राजमार्ग अन्र्तगत धन्सारपुल नजिकै बसले मोटरसाइकललाइ ठक्कर दिदा एकजनाको ज्यान गएको छ ।

सीडीओ र एलडीओसँगको ‘मिलेमतोमै’ ढुंगा, गिट्टी र बालुवा तस्करी - 2017-01-29
सुनसरीको सेउती खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी र बालुवा निकाल्न प्रहरीले बन्द गराएकोमा अहिले फेरि तस्करहरुले स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्न थालेका छन् ।

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने तयारी - 2017-01-29
सिन्धली १६ माघ/ सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।

लाखौ खर्चेर बनाएको लच्का भत्कियो - 2017-01-28
रौतहट १५ माघ/ रौतहटको प्रतापपुर पल्टुआ गाबिस स्थित गरिबी निवारण कोषको लाखौंको लगानीमा निर्माणधिन कजवे (लच्का) भत्किएको बर्र्र्षौ भएको छ ।

हृदयघातका कारण शिक्षक राठौरको मृत्यू - 2017-01-28
रौतहट १५ माघ / शनिवार बिशान हृदयघातका कारण रौतहटको श्री उच्च माबि दुधिअवा ा पुर्व प्रधानाध्यापक तथा दुधिअवा क्याम्पसका व्यवस्थापन समिती अध्यक्ष अनुठा प्रसाद सिंह राठौरको निधन भएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै - 2017-01-28
रौतहट १५ माघ तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिवार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको निर्माण समयमै नसकिने - 2017-01-27
जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन ।

रौतहटमा लेखनदास बाट सेवाग्रही ठगिदै - 2017-01-26
कलमपाटी १३ माघ/ रौतहटमा रहेका बिभिन्न कार्यालयहरुमा लेखनदासहरुको कारण दैनिक सयांै सेवाग्रहीहरु ठगिदै आएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1374682 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top