logo
14 Nov 2018   |   
समाज

गाँजा कारोबारमा इँटा भट्टाका मजदुर संलग्न : एक पक्राउ



समाज   12 पटक पढिएको   कलमपाटी     
विराटनगर २८ कार्तिक/// मोरङको रंगेली नगरपालिका ३ को आनन्द इँटा भट्टामा कार्यरत मजदुरले गाँजाको कारोबार गरेको पाइएको छ । कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजा कारोबारमा इँटा भट्टाका मजदुर संलग्न : एक पक्राउ


गोप्य सूचनाका आधारमा इँटा भट्टाका मजदुर भारतीय नागरिकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार भारत बंगालकुस विहार घर भई आनन्द इँटा भट्टामा काम गर्दै आएका ३० वर्षीय हेमन्त बर्मन अढाई किलोग्राम गाँजासहित पक्राउ परेका हुन् ।

‘बर्मन केही समयदेखि गाँजाको कारोवार गर्छन् भन्ने सूचना आएको थियो,’ कार्कीले भने, ‘त्यही सूचनाका आधारमा उनी बसेको ठाउँमा छापा मार्ने क्रममा अढाई किलोग्राम गाँजा फेला प¥यो ।’ 

नेपालकै पूर्वी पहाडी जिल्लामा अवैध रुपमा उत्पादन हुने गाँजा झिकाएर त्यहाँबाट स–साना पोका बनाएर बिक्री गर्ने धन्दामा बर्मनको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बर्मनविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  साभार अन्नपुर्ण









1855049 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top