logo
18 Mar 2019   |   
समाज

बाल निकेतनमा कक्षा ९ द्धारा १०को बिदाई



समाज   15 पटक पढिएको        
रौतहट ४ चैत्र बाल निकेतन माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरेका छन् ।

      बाल निकेतनमा कक्षा ९ द्धारा १०को बिदाई


विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रममा यस वर्षको एसइइ परीक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको कक्षा ९ का छात्र दिलीप पटेलले जानकारी दिए । कक्षा ९ ले १० लाई विदाई गर्ने विद्यालयको परम्परालाई निरन्तरता दिदैँ सो कार्यक्रमको आयोजना गरिएको पटेलले बताए । सो अवसरमा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई १० वर्षसम्म साथ र हौसला दिएकोमा धन्यवाद दिदैँ मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालय छाडेर जानुपर्दाको पल निकै भावुक भएको तर उच्चशिक्षाको लक्ष्य पुरा गर्न जान लागेकोमा मनमा कौतुहलता तथा उत्साह उत्पन्न भएको भाव प्रकट गरेका थिए । कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मी, प्रिन्सिपल वृजकिशोर चौरसिया, शैक्षिक निर्देशक श्याम कार्की, शिक्षकहरु सुशिल वि.क., निशा कोइराला, राज कुशहवाले सम्बोधन गर्दै एसइइमा सफलताको शुभकामना दिएका छन । कक्षा ९ का छात्र जेम्स पुलामीको सभापतित्वमा सपन्न सो कार्यक्रमको संचालन विनु दर्लामी तथा सुरेश साहले गरेका थिए ।









2648186 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top