बाढी पिडितले राहत रकम नपाएको गुनासो

समाज

बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



समाज प्रकाशित मिति:

महोत्तरी :
बीपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।


ना ४ ख ९९९९ नम्बरको बससँग र ज ११ प ५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बर्दिवास नगरपालिका ३ बस्ने ३० वर्षीय नेत्रबहादुर स्माइली मगरको ज्यान गएको हो । मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिको कारण मोटरसाइकल अनियन्त्रित भएर बससँग ठोक्किएको थियो । साभार अनलाईन खबर
राजविराजबाट नियमित उडान सुरु - 2018-06-25
राजविराज : राजविराज विमानस्थलबाट आइतबारदेखि नियमित उडान सुरु भएको छ। ५० सिट क्षमताको श्री एयरलाइन्सको ९ एन–एएमए जहाजले काठमाडौं–राजविराज–काठमाडौंको नियमित उडान सुरु गरेको हो। यो विमानस्थल २२ वर्षदेखि बन्द थियो। दिउँसो २ः५२ बजे ४६ यात्रु लिएर राजविराज अवतरण गरेको जहाजले दुई शिशुसहित २२ जना यात्रु लिएर काठमाडौंका लागि उडान भरेको छ।

बंकुलमा बाटो बनाउने क्रममा दुइपक्ष बिच झडप - 2018-06-24
रौतहट १० असार // बौधिमाई नगरपालिकाको बंकुलमा सडक बिस्तार र ढलान गर्ने क्रममा झडप हुदा तीनजना घाइते भएका छन । दुइ जनाको गम्भिर घाइते भएका छन ।

अश्लिल शब्द प्रयोग भएका भोजपुरी गित नबजाउन आग्रह - 2018-06-24
रौतहट १० असार // रौतहटमा अश्लिल शव्द प्रयोग भएका र दोहोरो अर्थ लाग्ने भोजपुरी गितहरु सार्वजनिक स्थलहरुमा तथा एफएम रेडियोहरुमा नबजाउन का लागी अभियान थालिएको छ ।

सिम्रीमा बिजुली बत्ति बलेपछि गाउबासी दंग - 2018-06-23
रौतहट ९ असार // रौतहटको गुजरा नगरपालिका ३ सिम्री टोलमा बिजुली बत्ति बलेपछि टोलबासी मा खुशी छाएको छ । संसद प्रभु साहको पहलमा बिजुली बत्ति गाउमा पुगेपछि सवैको मुहारमा खुशी छाएको थियो ।

अनुगमन नहुदा नदि दोहन रोकिएन - 2018-06-23
रौतहट ९ असार रौतहटको बागमती र लालबकैया नदी किनारामा विकास निर्माणका नाममा केही व्यावसायीले ढुङ्गा, गिटी र बालुवा जथाभावीरुपमा निकालिरहेका छन ।

बाख्रा पालनले फेरियो जीवन - 2018-06-23
रौतहट // गुजरा नगरपालिका २ ब्रम्हटोलकी ६० वर्षीया सम्झन डोल्मा शुक्रबार निकै खुसी देखिइन् । गाउँमा बाख्रा पालेर जीवनशैली फेरिएकी डोल्मा सबैभन्दा खुसीको दिन यही थियो ।

बाढी पिडीत विस्थापितले बेचे घर - 2018-06-18
रौतहट // २०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो ।

मुडवलाको उखु बारी बाट एक महिलाको शव फेला - 2018-06-18
रौतहट ४ असार // प्रहरीले राजदेवी नगरपालिका स्थित मुडवलवाटोल को उखुबारी बाट एक महिलाको शव फेला पारेको छ ।

डोमजातीको शिक्षा, स्वास्थ्य र सरसफाइका लागी भेला - 2018-06-17
रौतहट ३ असार // रौतहटमा डोम जातीको शिक्षा, स्वास्थ्य तथा सरसफाईको लागी जिल्ला स्तरीय भेला शनिवार सम्पन भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1362123 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top