चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदि किनारमा संचालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरीने सख्खर लगाएत ड्रम अन्य भाडाकुडा तथा तयारी मदिरा बरामद गरेको छ ।

नदी किनारमा लुकाएर भट्टी संचालनमा रहेको सुचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित बिभिन्न समानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक चतुर्भुज ओझाले बताएका छन । 

मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।



लागूऔषधसहित छ्ट्टाछुट्टै बसमा सवार दुईजना पक्राउ - 2018-01-30
काठमाडौं : महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित सोमबार दुईजनालाई पक्राउ गरेको छ । उदयपुरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७१०० नम्बरको बस जाँच गर्दा १९६ एम्पुल डाइजेपाम, १९७ एम्पुल बुफ्रिनर्फी र २०० एम्पुल नाइट्रोपामसहित सप्तरीका कृष्ण दासलाई पक्राउ गरेको हो ।

विद्युत् सट भएर पसल जल्यो, करोडौंको क्षति - 2018-01-30
सिरहा : सिरहाको गोलबजार नगरपालिका-६ स्थित सुधीर इन्टरप्राइजेज पसलमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ ।

धुर्मुसलाई ९५ लाख पुगेन, माघ २३ मा बस्ती हस्तान्तरण - 2018-01-29
रौतहट : सन्तपुरमा बाढी पीडितका लागि बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले आउँदो २३ माघमा बस्ती हस्तान्तरण गर्ने भएका छन् ।

रौतहटमा गोलि लागेर गाइभैसी व्यापारी घाइते - 2018-01-29
रौतहटको राजपुर नगरपालिकाको बैरियाटोल नजिकै सोमवार बिहान गोलि लागेर एक व्यक्ति घाइते भएका छन ।

बैकिङ कसुरका फरार अभियुक्त पक्राउ - 2018-01-29
काठमाडौं : बैंकिङ कसुर मुद्दामा ठगी गरेको अभियोगमा फरार अभियुक्त काठमाडौं गागलफेदी घर भई हाल चितवन बस्दै आएका विमल खड्का पक्राउ परेका छन् ।

तस्करीको ट्रान्जिट बन्यो पर्सा - 2018-01-29
वीरगन्ज : पर्सामा ६ वर्षयता गाँजा र चरेशको खेती रोकिए पनि तस्करले ‘ट्रान्जिट’ बनाएका छन्। मकवानपुर, धादिङ, नुवाकोटलगायत जिल्लामा उत्पादित गाँजा र चरेश तस्करले पर्सा नाका हुँदै भारततर्फ तस्करी गर्दै आएका छन्।

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ - 2018-01-29
बिर्तामोड : झापाको अर्जुनधारा नगरपालिका-४ बस्ने ५५ वर्षीय किशोर दनुवारलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या - 2018-01-29
काठमाडौँ : काठमाडौँको मच्छेबहालमा आइतबार राति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ। इस्टवेस्ट सेक्युरिटजका सुरक्षा गार्ड दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ।

प्रदेशसभामा एक्ली मुसहर महिला - 2018-01-29
सिरहा : २०६८ को जनगणनाअनुसार तराई क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायको जनसंख्या दुई लाख ३४ हजार चार सय ९० छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1265406 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top