चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदि किनारमा संचालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरीने सख्खर लगाएत ड्रम अन्य भाडाकुडा तथा तयारी मदिरा बरामद गरेको छ ।

नदी किनारमा लुकाएर भट्टी संचालनमा रहेको सुचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित बिभिन्न समानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक चतुर्भुज ओझाले बताएका छन । 

मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।



खतरा लेखिएको स्थानमा नुहाउदा डुवेर मृत्यू - 2016-10-23
रौतहटको चन्द्रपुर ८ नुनथरमा रहेको बागमती नदिमा शनिवार पौडी खेल्न गएका एक युवकको डुवेर मृत्यू भएको छ ।

बालगृहलाई खाध्यान्न र कपडा सहयोग - 2016-10-22
कलमपाटी ६ कार्तिक सर्लाहीको हरीवन नगरपालिका स्थित अत्रोलीमा रहेको द्धन्द्ध पिडित बालगृहलाई काठमाण्डौमा रहेको इसिएफएन नामक सस्थाले खाध्यन्न तथा लताकपडा सहयोग गरेको छ ।

काठ तस्करीमा पटके टेक्टर बरामद - 2016-10-22
कलमपाटी ६ कार्तिक पटक पटक बरामद गरेको टेक्टर जिल्ला बन कार्यालयले छोड्दा पुन तस्करीको काठ सहित प्रहरीले सोही टेक्टर बरामद गरेको छ ।

जमिन मुनीबाट निकालिएको ग्यांसको परीक्षण - 2016-10-21
काठमाण्डौ ५ कात्तिक/ नेकपा एमालेका तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइन बाट ग्यास वितरण हुन्छ भन्दा धेरैले पत्याएका थिएनन तर शुक्रवार जमिन मुनी बाट निकालिएको ग्यास परीक्षण गरीएको छ ।

स्थानिय तहको सख्या ७ सय ४४ सम्म बनाउन सकिने - 2016-10-21
काठमाण्डौ ५ कार्तिक स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ७ सय ४४ निर्धारण गरेको छ ।

कोहिनुर एफएममा आक्रमणको प्रयास - 2016-10-21
रौतहट ५ कार्तिक रौतहटको गौरमा रहेको कोहीनुर एफएममा केहि व्यक्तिहरुले आक्रमणको प्रयास गरेका छन ।

फरार अभियुक्त तथा गाजा सहित दुइजना पक्राउ - 2016-10-20
कलमपाटी ४ कार्तिक बुधवार रौतहट चन्द्रपुर–८ स्थित झोला बोकी हिडीरहेका व्यक्तिहरु जना २ लाई शंका लागि रोकी चेक जाँच गर्दा झोलामा गाजा फेला परेको छ ।

घांसी नेपालको विद्यालय बनाउने अभियान - 2016-10-20
काठमाण्डौ ४ कार्तिक शिक्षा सम्बन्धी काम गर्दै आएको घाँसी नेपालले भूकम्प प्रभावित विद्यालयहरु पुनर्निर्माण गर्ने अभियानलाई तिव्रता दिएको छ । पुनर्निर्माणमा सहयोग गर्दै घाँसी नेपालले ६० वटा भूकम्प प्रभावित विद्यालयको भवन बनाउने कार्यलाई तिव्रता दिएको हो ।

बरामद चरेस , कोरेक्स र मदीरा नष्ट - 2016-10-20
कलमपाटी ४ कार्तिक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले करीव एक महिना भित्र बरामद गरेको घरेलु मदीरा, कोरेक्स र चरेस नष्ट गरेको छ । बुधवार प्रहरी कार्यालय परीसरमा करीव ६ सय लिटर घरेलु मदीरा , आधा किलो चरेर र ३७ वेतल कोरेक्स नष्ट गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1265433 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top