चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

दसैं टीकाको साइत सार्वजनिक



समाज प्रकाशित मिति:

काठमाडौं :
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ ।  त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैंको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ ।

देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए । विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ ।

कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।  कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुनेछ। साभार अन्नपुर्ण
सर्पले डसेका पाँच बिरामी अस्पतालमा - 2017-07-18
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन्

नदी तर्न डुगा नहुदा स्थानिय जोखिममा - 2017-07-18
रौतहट ३ साउन / बागमती नदी वारपार गर्नका लागी डुगा नहुदा रौतहटको माधवनारायण गाउपालिकाका बासिन्दा जोखिममा पर्दै आएका छन

मधेसमा आइएनजिओले १ वर्षमा २३ अर्ब खर्चिए - 2017-07-18
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ

जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक अवरुद्ध - 2017-07-18
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता - 2017-07-18
पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन्

मिथिला क्षेत्रमा मधुश्रावनी सुरू - 2017-07-17
नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्

रेडियो प्रकरणमा सेनाको स्पष्टीकरण(राजनीतिसँग नजोडौं - 2017-07-17
नेपाली सेनाले सञ्चालन गर्न लागेको एफएम रेडियोका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भएपछि यस सम्बन्धमा स्पष्ट पारेको छ

बस एकआपसमा ठोक्किँदा १५ यात्रु घाइते - 2017-07-17
पूर्व पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका ४ स्थित कर्रामा गएराति दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्

वीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक - 2017-07-16
सिन्धुली १ साउन / बनेपा(सिन्धुली(बर्दिवास ९वीपी० राजमार्गमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय यातायात व्यवस्था विभागको निर्देशनमा साउन १ गते (आज) देखि लागू लागू हुने गरी राति सवारी सञ्चालनमा रोक लगाएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1705848 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top