चार दिन अघि बलात्कृत १३ बर्षिया किशोरी गर्भवती !

समाज

अवैधरुपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट //
घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीले छापा मारेर ५ लाख मुल्य बराबरको मदिरा बनाउन प्रयोग गरीने समान तथा कच्चा पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले रौतहटको गुजरा नगरपालिका ६ स्थित नदि किनारमा संचालनमा रहेको भट्टी बाट दुइसय लिटर मदिरा, एकसय बोरा मदिरा बनाउन प्रयोग गरीने सख्खर लगाएत ड्रम अन्य भाडाकुडा तथा तयारी मदिरा बरामद गरेको छ ।

नदी किनारमा लुकाएर भट्टी संचालनमा रहेको सुचना पाएपछि गएको प्रहरीको टोलीले मदिरा सहित बिभिन्न समानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक चतुर्भुज ओझाले बताएका छन । 

मदिरा भट्टी संचालकहरु गुजरा नपा ६ का शम्भु साह र कटहरीया नपा ६ का सुरेश साह प्रहरी देखेपछि भागेको प्रहरीले जनाएको छ ।

अवैध मदिरा नियन्त्रण गर्न गरुडा इलाका प्रहरी कार्यालयले अभियान नै थालेको छ ।



स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा - 2017-07-12
सहरी विकास मन्त्री प्रभु साहले भूगोल, आर्थिक सम्भाव्यता, जनसंख्या, उपलब्ध पूर्वाधार समेतलाई आधार मानी थप १० स्मार्ट सहरको पहिचान प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

भैँसी तस्करीमा संलग्न भएको आरोपमा रौतहटका एक असई निलम्बित - 2017-07-12
रौतहट २८ असार / रौतहटको प्रहरी चौकी बडहर्वाका असई हरेन्द्र राउत कुर्मी तस्करसित मिलेर सहयोग गरेको आरोपमा निलम्बनमा परेकाछन् ।

पाएनन् सुत्केरी महिलाले प्रोत्साहन भत्ता - 2017-07-12
रौतहट २८ असार / आर्थिक बर्ष सकिन लाग्दा पनि जिल्ला अस्पताल गौरमा प्रसुती सेवा वापत पाउने प्रोत्साहन भत्ता तर्फको अन्तिम किस्ताको रकम नआउदा सुत्केरी महिलाहरु प्रोत्साहन भत्ता पाउनबाट बंचित भएको छन् ।

बाँदर धपाउन १० लाख बजेट - 2017-07-12
काठमाडौ २८ असार / बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेस हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो ।

व्यापारी अपहरणमा संलग्न पूजासहित तीनैजना पक्राउ - 2017-07-11
काठमाणडौ २७ असार/ यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो ।

चरीचरण रोक्न डाले घांसको बिरुवा रोपियो - 2017-07-11
रौतहटको चन्द्रपुर ६ मा स्थित बनक्षेत्रमा खाली जमिनमा मंगलवार बृक्षारोपण गरीएको छ ।

स्थानियको अगुवाइमा रौतहटमा आधुनिक पक्कि प्रहरी चौकी निमार्ण - 2017-07-11
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती बजारमा नेपाल प्रहरीको प्रहरी चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सप्तरीका बाढी पिडित लाइ रौतहटबाट सहयोग - 2017-07-11
रौतहटको गौर बाट सप्तरीका बाढी पिडित हरुका लागी राहत सामाग्री संगलन गरी लगिएको छ । राहत बितरणका लागी सोमवार सप्तरी गएको टोलीले मगलवार राहत बितरण गरीएको छ ।

सप्तरीका बाढी पिडितलाइ अनेरास्ववियूको सहयोग - 2017-07-11
अनेरास्ववियुकी अध्यक्ष नबिना लामाको नेतृत्वको टोलीले सप्तरीमा आएको बाढीका कारण पिडित बनेकाहरु लाइ राहात बितरण गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1265417 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top