राजनीति

पुर्वराजा ज्ञानेन्द्र रौतहटमा



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर ११ जेठ //
पुर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानियबासीको स्वागतले आफु निकै खुशी रहेको बताएका छन । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गरेका छन ।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ स्थित मत्सरीमा रहेको प्रशिद्ध दुर्गा मन्दीरमा पूर्व राजा ज्ञानेन्द्रले पुजा गरेका हुन् । 

करीव तीन किलोमिटर लामो लाइन लागेर स्थानियले पुर्वराजाको स्वागत गरेको थिए । पूर्व राजा शाहले दिउसो करीव चार बजे आधाघण्टा पूजा गरेका थिए । 

मन्दिर समितिका तर्फबाट पूर्व राजा शाहलाइ  नागरिक अभिनन्दन समेत गरिएको थियो ।  स्थानिय मनोज झा र रुद्रनारायण झाले अभिनन्दन पत्र  हस्तान्तरण गरेका थिए । 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न सवै दलका शुभचिन्तकहरु सहभागी भएको दुर्गा मन्दीर मत्सरीका पुजा व्यवस्थापन समितिका संयोजक विनय झाले बताएका छन ।



देउवाले भेटे विमान दुर्घटनाका घाइते - 2018-03-13
काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् ।

पलाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्छुः लालबाबु पण्डित - 2018-03-13
काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने बताएका छन् । मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने बताएका हुन् ।

प्रचण्डको प्रश्न : कतिजना प्रधानमन्त्री बनाए ‘गिनिज बुक’मा नाम लेखिन्छ ? - 2018-03-11
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेका छन्।

उपसभामुख छाड भन्नेलाई ओलीको जवाफः गोरु भन्दा गाढा अगाडि हुनसक्दैन - 2018-03-11
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनले उपसभामुख नछाड्ने संकेत गरेका छन् । प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक पार्टी र लिंगबाट हुनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश २ को संसद बैठक सूचना टाँसेर स्थगित - 2018-03-11
जनकपुरधाम : प्रदेश नम्बर २ को आज बस्ने भनेको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो ।

महिला अधिकार सुनिश्चितताको लागि सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री राउत - 2018-03-10
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले महिलाको अधिकार सुनिश्चितताको लागि आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भात खाउ, ढेउवा नखाउ : पुर्व प्रधानमन्त्री नेपाल - 2018-03-09
रौतहट २५ फागुन// पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालले बिकासका लागी आएको बजेट अनियमितता हुन नहुने बताएका छन ।

तोकिएको समयभित्र काम सम्पन्न नगर्ने निकायलाई कडा कारबाही गर्छुः ओली - 2018-03-09
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा समर्पित हुन सबैलाई आह्वान गर्दै तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।

म पनि भ्रष्टचार गर्दिनँ, गर्ने कसैलाई छोड्दिनँ : प्रधानमन्त्री ओली - 2018-03-09
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिएका छन् । शुक्रबार विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले भ्रष्टचार गरे त्यसलाई पनि नछोड्ने चेतावनी दिएका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 NEXT

English News



1088899 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top