राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
ओली यसकारण चाहन्छन् भारत भ्रमणअघि नै पार्टी एकता ! - 2018-03-25
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो शक्तिसाली कम्युनिस्ट पार्टीको नेता बन्न चाहन्छन् ?

युरोपियन युुनियनले दिएको सुभाव प्रति सरकारले विरोध जनाउनु अपरिपक्वता - 2018-03-24
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

अबको समय भनेकै विकास र समृद्धिको हो - पर्यटन मन्त्री अधिकारी - 2018-03-24
पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् ।

बिधालयलाइ जमिन दानगर्ने दाताको शालिक संसद तिमल्सेना द्धारा अनावरण - 2018-03-24
रौतहट १० चैत्र रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सेनाले शुक्रबार एक बिद्यालयमा आयोजित कार्यक्रमका बीच शालिकको अनावरण गरेका छन ।

प्रमुख प्रशासकिय अधिकृतको लागि नगरपालिकाको खर्च मासिक दुई लाख - 2018-03-23
रौतहट ८ चैत्र// रौतहटको एक नगरपालिका यस्तो छ जहा नगर प्रमुख भारतीय सबारी साधन चढछन भने प्रमुख प्रशासकिय अधिकृत भाडामा लिएको पजेरो जीप ।

सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीलाई काठमाडौं बोलाइयो - 2018-03-20
काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको भाषामा प्रदेश सरकारका पदाधिकारीले आसन पाए तर शासन गर्न पाएनन् । संयोगमात्र भए पनि पोखरेलले यसो भन्नु र प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु एकैपटक भएको छ ।

निजगढ नगरपालिका प्रमुखको राजिनामा माग - 2018-03-19
बारा : बाराको निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालको नेत्रविक्रम चन्द विप्लव निकट जिल्ला जनपरिषद् जनसत्ता, नेपालले राजिनामा माग गरेको छ ।

रामस्नेही राय यादब लाई धम्कि दिने दुई जना पक्राउ - 2018-03-19
रौतहट ५ चैत्र // रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादब लाई अपहरण र हत्याको धम्कि दिने दुई जना पक्राउ परेका छन ।

रौतहटका केही स्थानिय तहमा विवाद , विकास निमार्णको काम अलपत्र - 2018-03-18
रौतहट १ चैत्र // रौतहटमा १८ वटा स्थानिय तह छन । दुइ गाउपालिका १६ वटा नगरपालिका रहेको रौतहटका केही स्थानिय तहमा विवाद छन । आर्थिक बर्ष सकिन चार महिना मात्रै बाकी रहदा समेत तीन वटा नगरपालिकाले प्रथम नगरसभा सम्पन्न गर्न सकेको छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084225 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top