राजनीति

पुर्वराजा ज्ञानेन्द्र रौतहटमा



राजनीति प्रकाशित मिति: कलमपाटी

गौर ११ जेठ //
पुर्वराजा ज्ञानेन्द्र शाहले रौतहटका स्थानियबासीको स्वागतले आफु निकै खुशी रहेको बताएका छन । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गरेका छन ।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ स्थित मत्सरीमा रहेको प्रशिद्ध दुर्गा मन्दीरमा पूर्व राजा ज्ञानेन्द्रले पुजा गरेका हुन् । 

करीव तीन किलोमिटर लामो लाइन लागेर स्थानियले पुर्वराजाको स्वागत गरेको थिए । पूर्व राजा शाहले दिउसो करीव चार बजे आधाघण्टा पूजा गरेका थिए । 

मन्दिर समितिका तर्फबाट पूर्व राजा शाहलाइ  नागरिक अभिनन्दन समेत गरिएको थियो ।  स्थानिय मनोज झा र रुद्रनारायण झाले अभिनन्दन पत्र  हस्तान्तरण गरेका थिए । 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न सवै दलका शुभचिन्तकहरु सहभागी भएको दुर्गा मन्दीर मत्सरीका पुजा व्यवस्थापन समितिका संयोजक विनय झाले बताएका छन ।



भरतपुर महानगरमा देवी १६ सय भन्दा बढी मतले अगाडी [अपडेट ] - 2017-05-26
भरतपुर महानगरपालिकाको मत गणना जारी रहेको छ । एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन । एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले शनिवार बिहान ८ बजे सम्ममा १६०० मतले अग्रता लिएका छन ।

नेकपा एमाले धेरै स्थानमा विजयी - 2017-05-25
पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले बढी तहमा बिजयी भएको छ ।

काग्रेस द्धारा चन्द्रपुर नगरको केही वडामा अध्यक्षका उम्मेदवार छनौट - 2017-05-25
नेपाली काग्रेसले रौतहटको चन्द्रपुर नगरका केही वडाहरु बाट निर्बिरोध रुपमा उम्मेदवारका नाम सिफारीस गरेको छ ।

हेटौडा उपमहानगरमा एमालेका महत मेयर, लामा उपमेयर - 2017-05-24
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तोड्दै हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमाले का हरिबहादुर महत विजयी भएका छन ।

प्रधानमन्त्री दाहाल द्धारा राजिनामा - 2017-05-24
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार राजीनामा दिएका छन । उन्ले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट टेलिभिजन सम्बोधनमा राजीनामा घोषणा गरेका हुन ।

प्रधानमन्त्री दाहालको सम्बोधन शुरू - 2017-05-24
प्रतिकुल अवस्था मा प्रधानमन्त्री को भनाइ ।

हेटौडा उपमहानगरको मेयरमा महत को जित सुनिस्चित - 2017-05-24
मकवानपुरको हेटौडा उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरीवोल महतको जीत सुनिस्चित भएको छ ।

पहिलो चरणमा एमालेले जित्यो बढी सिट - 2017-05-24
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा बुधवार दिउसो एकबजे सम्ममा एमाले ले एक सय २० स्थान मा बिजयी भएको छ ।

ललितपुरको मेयर मा मर्हजन उपमेयरमा सत्याल बिजयी - 2017-05-24
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस का उम्मेदवार विजयी भएका छन । मेयर पदमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन । महर्जनले २४ हजार ६ सय ४२ मत पाएकाथिए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 NEXT

English News



1088822 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top