राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
मंसिरमा एकसाथ प्रदेश र संघको चुनाव गर्ने तीन दलको निर्णय - 2017-08-16
सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्र एवं प्रमुख प्रतिपक्षी दल एमाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै दिन गर्न सहमत भएका छन्।

क्षेत्रिय प्रशासनमा थन्किएका त्रिपाल वितरण हुने - 2017-08-16
क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने सरकारले निर्णय गरेको छ । केन्द्रिय दैवी प्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पूनस्र्थापना उपसमितिले क्षेत्रीय प्रशासन कार्यालयको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

संसदमा बबाल, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले बोल्न पाएनन् - 2017-08-15
संसदमा मंगलबार अपरान्ह निकै ठूलो होहल्ला सुनियो । एमाले सांसद केशव बडाल हातमा कागज लिएर ठूलो स्वरमा कराइरहेका थिए । सभामुख बस्ने कुर्सीमा थिइन्, एमालेकै सांसद सुशीला नेपाल ।

बाढी पिडितले राहात नपाएको मन्त्री कै गुनासो - 2017-08-14
सहरी विकास मन्त्री प्रभु साहले बाढीपीडितहरुका लागि सरकारी र वाह्य सहयोग उपलब्ध नहुदा पनि नागरीक स्तर को सहयोगले पिडित बचिरहेको बताएका छन ।

बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग राजपाको माग - 2017-08-14
राष्ट्रिय जनता पार्टीले बाढी र पहिरोबाट प्रभावित स्थानहरुलाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सरकारको निर्णय बाढी बाट मृत्यू भएकालाइ दुइ लाख - 2017-08-13
मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाख सहयोग दिने निर्णय गरेको छ।

जनता को जीउधनको रक्षा गर्नु पहिलो प्राथमिकता : मन्त्री साह - 2017-08-12
लगातारको बर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न भएको र नागरीक पिडित बनेको बिषयमा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन ।

नेकपा एमाले र माओवादी केन्द्र द्धारा राहत र उद्धारको माग - 2017-08-12
बाढी र डुवानका कारण पिडित बनेको सर्वसाधरण लाइ उद्धार गर्न तथा राहत उपलव्ध गराउन नेकपा एमाले तथा माओवादी केन्द्र रौतहटले माग गरेको छ ।

कोशीका सबै ढोका खोल्न नेपालद्धारा भारतलाई आग्रह - 2017-08-12
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशीको बहावमा उच्च जोखिम देखिएपछि कोशी व्यारेजका सबै ढोका खोल्न भारतलाई आग्रह गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084222 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top