सहमतीमा नै महाअभियोग प्रस्ताव पास हुन्छ :एमाले नेता नेपाल

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी - 2017-12-09
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी - 2017-12-09
रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी - 2017-12-09
जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्र सेन) विजयी भएका छन् ।

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो - 2017-12-09
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०,११८ मत पाएका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

रौतहट क्षेत्र नम्वर १ मा राजपा अगाडी, चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु - 2017-12-08
रौतहट २२ मंसीर // रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । गौर स्थित जुद्ध उमाविमा मतगणना भैरहेको छ । मध्यान्न देखि गणना शुरु भएको क्षेत्र नम्वर १ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा अगाडी छन ।

बारामा मतगणना सुरु - 2017-12-08
बारामा साढे ४ बाजेबाट मतगणना सुरु भएको छ । जिल्लाको सदरमुकामस्थित रामराजा बहुमुखी क्याम्पसमा गणना भइरहेको हो ।

मकवानपुरमा कमल थापालाई अग्रता - 2017-12-08
मकवानपुरमा भइरहेको मतगणनामा राप्रपा अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर - 2017-12-08
देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्।

काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा ३८७ मतले पछाडि - 2017-12-08
चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1366293 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top