राजनीति

समर्थन फिर्ता लिने तयारीमा नेकपा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ।


एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको हो। तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दै सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्ता लिन छलफल सुरु भएको बताए।


प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात समर्थन फिर्ता लिने ध्याउन्नमा लागेको हो। संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकारले तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थन प्राप्त गरी बहुमतसिद्ध गरेको थियो। दुवै दलले सरकारलाई समर्थन गरेपछि बाहिर रहेको एक मात्र दल कांग्रेसले प्रमुख प्रतिपक्षको माग गर्दै दुईपटक संसद् बैठक अवरुद्ध गरेको थियो।

सभामुख यादवले जेठ ३ गते प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिँदा आफूहरूको अपमान भएको नेता मण्डलले बताए। ‘हामीले प्रतिष्ठा र सम्मान दियौं तर हामीलाई अपमान गरियो’, उनले भने। विपक्षी दलको मान्यता दिने सवालमा सभामुखले अलोकतान्त्रिक प्रक्रिया अपनाएको आरोप लगाउँदै उनले अपमान सहेर सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहने बताए। उनका अनुसार पार्टीमा यसबारे छलफल भइरहेको र जेठ १३ गते बस्ने बर्खे अधिवेशनका क्रममा समर्थन फिर्ताको विषय उठाइनेछ।

‘हाम्रो पार्टीले रचनात्मक सहयोगका लागि सरकारलाई समर्थन दिए पनि प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सवालमा सभामुख र प्रदेशसभाका उपसचिव रञ्जित झाले मिलेमतो गरेका हुन्’, उनले भने, ‘यस विषयमा निर्णय गर्नुपूर्व हाम्रो विचारसमेत लिइएन।’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख प्रतिपक्षको आश्वासन दिएर विश्वासघात गरेको आरोपसमेत उनले लगाए। सरकारबाट समर्थन फिर्ता लिने योजना भए पनि सरकार ढाल्ने मनसाय नरहेको उनले स्पष्ट पारे। भने, ‘यो सरकार जुन गठबन्धनबाट बनेको छ त्यसकै कारणले ढल्नेछ।’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला विपक्षलाई बेवास्ता गरी व्यवस्थापन गरेको र राउतकै कारणले प्रदेशको नाम बदनाम भइरहेको आरोपसमेत लगाइएको छ।

प्रदेश २ मा पनि सबैभन्दा ठूलो दल बनेको नेकपाको प्रदेशसभामा ३२ सिट छ। फोरमका २९ र राजपाका २५ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९ सदस्यसहित १ सय ७ सदस्यीय प्रदेशसभा छ। साभार अन्नपुर्ण
सप्तरीको महादेवामा मत खसेन - 2017-12-07
सप्तरीको महदेवा गाउँपालिकाको महदेवास्थित प्रावि केन्द्रमा विहीबार मध्यान्हसम्म कुनै पनि मतदाताले मतदान नगरेको मतदान अधिकृत धनेश्वर साहले बताएका छन् ।

अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड - 2017-12-07
अर्घाखाँचीको एक मतदान केन्द्रमा तोडफोड भएको छ। सन्धिखर्क नगरपालिका वाड नम्बर ५ मथुरा माविको ख केन्द्रमा तोडफोड भएको हो।

सर्लाहीमा गोली चल्यो - 2017-12-07
सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ।

अब संक्रमणकालको अन्त्य हुन्छ : थापा - 2017-12-07
राप्रपा नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा मकवानपुर १ का उम्मेदवार कमल थापाले यो निर्वाचनले संक्रमणकालको अन्त्य गर्दै देश विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि - 2017-12-07
पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान - 2017-12-07
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

बालकोटमा शंकास्पद बस्तु भेटियो - 2017-12-07
भक्तपुरको बालकोटमा शंकास्पद बस्तु भेटिएको छ । कौशलटारबाट बालकोट जाने पुलमा शंकास्पद बस्तु भेटिएको हो ।

कर्मचारीको गल्तीले अर्कै बाकसमा मत खसेपछि पुनः मतदान - 2017-12-07
कर्मचारीको असावधानीका कारण प्रदेशसभा सदस्यको मत पत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिकास्थित त्रिमुर्ती आधारभूत तिलौली केन्द्र ’ख’ मा पुनः मतदान भएको छ।

भक्तपुरमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप - 2017-12-07
भक्तपुरको क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 NEXT

English News



1084220 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top