राजनीति

नेपाल कम्न्युष्ट पार्टी बन्छ : एमाले बरिष्ठ नेता नेपाल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ७ फागुन//
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र मिलेर बनेको सरकारले आलोपालो सरकार चलाउने चर्चा वाहिर आउन नहुने बताएका छन ।


 सोमवार रौतहटमा नेता नेपालले भने दुवै पार्टी मिलेर अगाडी बढ्ने सहमती भैसकेको र दुवै पार्टीको पछाडीको पुच्छर हटाएर नेपाल कम्न्यूष्ट पार्टी बन्ने समेत बताएका छन ।

  एमाले अध्यक्ष केपी ओली  र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल बिच प्रधानमन्त्री आलोपालो गरी बन्ने सहमति हुन नहुने भए पनि वाहरी आउन नहुने नेता नेपालको धारण छ ।

बरिष्ठ नेता नेपाले पार्टी एकीकरण गर्दा दुवैजना अध्यक्ष बन्ने अवस्था आए दुवै लाइ  सहअध्यक्ष राख्न सकिने धारणा राखेका छन ।

आइतवार साझ रौतहट आइपुगेका नेता नेपालले बाम गठबन्धन बाट प्रतिनिधी सभा तथा प्रदेश सभामा निर्वाचित भएको रौतहटका संसद हरु लाइ गौरमा सम्मान गरेका थिए ।

सोमवार प्रजातन्त्र दिवसको अवसर पारेर राजदेवी मिडियाले गौरमा आयोजना गरेको छात्रा साइकल दौड प्रतियोगितामा नेता नेपालले साइकल बितरण गरेका थिए भने चन्द्रपुर ८ सन्तपुर मा आयोजीत राष्टिय भलिवल प्रतियोगिताको उद्घाटन समेत गरेका छन । 


चितवनका सबै क्षेत्रमा वाम उम्मेदवार अगाडि - 2017-12-09
चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ ९क०मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी - 2017-12-09
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी - 2017-12-09
रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी - 2017-12-09
जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्र सेन) विजयी भएका छन् ।

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो - 2017-12-09
प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०,११८ मत पाएका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

रौतहट क्षेत्र नम्वर १ मा राजपा अगाडी, चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु - 2017-12-08
रौतहट २२ मंसीर // रौतहटको चार वटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । गौर स्थित जुद्ध उमाविमा मतगणना भैरहेको छ । मध्यान्न देखि गणना शुरु भएको क्षेत्र नम्वर १ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा अगाडी छन ।

बारामा मतगणना सुरु - 2017-12-08
बारामा साढे ४ बाजेबाट मतगणना सुरु भएको छ । जिल्लाको सदरमुकामस्थित रामराजा बहुमुखी क्याम्पसमा गणना भइरहेको हो ।

मकवानपुरमा कमल थापालाई अग्रता - 2017-12-08
मकवानपुरमा भइरहेको मतगणनामा राप्रपा अध्यक्ष तथा ऊर्जामन्त्री कमल थापाले अग्रता लिएका छन् । मकवानपुर क्षेत्र नम्बर १मा लोकतान्त्रिक गठबन्धनकातर्फबाट थापा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर - 2017-12-08
देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 NEXT

English News



781896 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top