logo
24 Jan 2019   |   
समाज

लागुऔषध सहित सातजना पक्राउ



समाज   21 पटक पढिएको   कलमपाटी     
विराटनगर १० माघ । मोरङ र उदयपुरबाट लागुऔषध सहित एकै पटकमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै ३६ वर्षभन्दा कम उमेरका छन् ।

 लागुऔषध सहित सातजना पक्राउ


मोरङको विराटनगर महानगरपालिका–१५ बाट एकजना र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ कालीखोला किनारबाट ६ जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

विराटनगरबाट पक्राउ पर्ने १८ वर्षीय पप्पु मेहता सुनसरीको इटहरी उपमहानगरपालिका–८ का बासिन्दा हुन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाका अनुसार मेहताको साथबाट लुपिजेसिक नौ एम्पुल, फेनारगन नौ एम्पुल, एभिल नौ एम्पुल, डाईजेल्याब नौ एम्पुल र नाइट्रोसन १० चक्की बरामद भएको छ ।

भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेहतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

उदयपुरको चौदण्डीगढीबा पक्राउ पर्ने ६ जनालाई भने खोला किनारमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा लागुऔषध भेटिएपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरीका ३३ वर्षीय राजु कार्की, ३२ वर्षीय राजु राई, ३३ वर्षीय अर्जुन राई, २५ वर्षीय नवीन राई, चौडण्डीगढी–३ बसाहाका ३० वर्षीय मीनबहादुर मगर र सप्तरीको सप्तकोसी नगरपालिका–१ का ३६ वर्षीय मनोज मगर छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध लुपिजेसिक आठ एम्पुल, फेनारगन आठ एम्पुल र डाईजेल्याब आठ एम्पुल बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । साभार अन्नपुर्ण









2311726 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top