logo
22 Oct 2018   |   
समाज

जनप्रतिनिधिले नै भत्काइदिए विद्यालय, स्थानीयद्वारा उपमहानगर घेराउ



समाज   41 पटक पढिएको   कलमपाटी     
जनकपुरधाम, ०५ कार्तिक/// वडा कार्यालयको भवन जोगाउन भन्दै स्थानीय जनप्रतिनिधिले सामुदायिक विद्यालयको भवन भत्काइदिएपछि स्थानीय आक्रोशित बनेका छन् ।

जनप्रतिनिधिले नै भत्काइदिए विद्यालय, स्थानीयद्वारा उपमहानगर घेराउ


विरोध स्वरुप जनकपुरधाम उपमहानगरपालिका–२१ का स्थानीयले कार्यालय घेराउ गरेका छन् । २१ नम्बर वडा कुर्थास्थित वडा कार्यालयको भवन जोगाउनको लागि सामुदायिक विद्यालय भवन नै भत्काइिदिएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

नक्सा र मापदण्ड विपरित जबर्जस्ती विद्यालय भवन भत्काएको विरोध गर्दै कुर्थाबाट हजारौंको संख्यामा पुगेका स्थानीयले आइतबार उपमहानगरपालिका कार्यालयका साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेका थिए ।

२०१७ सालमा स्थापना गरिएको राजर्षी जनक माध्यमिक विद्यालयको भवन सडकभित्र परेको भन्दै उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडा अध्यक्ष रामेश्वर महासेठको मिलोमतोमा भत्काइएको स्थानीयले बताएका छन् ।

विद्यालय भवन भत्काएपछि यहाँ अध्ययनरत ६ सय विद्यार्थीको भविष्य अन्योलमा परेको उनीहरुको गुनासो छ । नगर प्रमुख साह र वडा अध्यक्ष महासेठले राजनीतिक प्रतिसोधका कारण डोजर लगाइ सार्वजनिक विद्यालय भवन भत्काएको स्थानीयको दावी छ ।

उपमहानगरपालिका कार्यालयले गत वैशाख महिनामा विद्यालय भवन भत्काउन लगाएपछि विद्यालयका प्रधानाध्यापक वीरेन्द यादवले उच्च अदालत जनकपुरमा मुद्दासमेत दायर गरेका थिए ।

जनकपुर अदालतले भने विद्यालयसँगैको सडकको मध्यविन्दु यकिन गरी दायाँबायाँ दुबैतर्फ बराबर जग्गा पर्नेगरी मात्र बाटो निर्माण गर्न आदेश दिएको थियो । तर, सडकको दायाँ पर्ने विद्यालयको भवनतर्फबाट मात्र सडक विस्तारको काम गरिएको यादवले बताए । सडकमै रहेको वडा कार्यालय भवनलाई केही नगरी जनप्रतिनिधिले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवले बताए ।

वडाअध्यक्ष महासेठले भने विद्यालयको भवन सडकमै परेकोले भत्काउनु पर्ने बाध्यता रहेको दाबी गरे । साथै विद्यालयलाई अन्यत्र ऐलानी जग्गामा सार्न सुझाव समेत प्रधानाध्यापकलाई दिएको महासेठले बताए । शिक्षक तथा स्थानीय भने जनप्रतिनिधिको यस्तो सुझाव स्विकार्य नभएको भन्दै विरोध गर्दैआएका छन् । साभार अन्नपुर्ण









1786257 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top