प्रदेश २ : एक साताभित्र ६ वटा कानुन प्रदेश सभामा पेश हुने

समाज

सवारी दुर्घटना, १ को मृत्यु, ७ घाइते



समाज प्रकाशित मिति:

महोत्तरी :
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सात घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

काँकडभिट्टाबाट पश्चिमतर्फ आइरहेको मे१ख २५३७ नं को बसले टुटेश्वरनाथ बोलबमबाट बर्दिबासतर्फ आउदै गरेको ज१ह ११२६ नं को टेम्पोलाई बर्दिबास–५ लचकामा ठक्कर दिएको हो ।

घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइते पाँच जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते बर्दिबास–५ का सङ्गीता लामा र सुकमाया घिसिङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । साभार अनलाईन खबर
तनहुँमा बस र ट्रक ठोक्किए, १६ जना घाइते - 2018-08-15
तनहुँ : बस र ट्रक एकआपसमा ठोक्किँदा तनहुँमा १६ जना घाइते भएका छन् ।

झापामा बम विष्फोट, विप्लवका दुई कार्यकर्ता पक्राउ - 2018-08-14
झापा : झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए ।

मकवानपुरमा स्कुल बस जलाइयो - 2018-08-14
मकवानपुर : मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरमा बम फेला - 2018-08-14
रौतहट २९ साउन // रौतहटको चन्द्रपुर नगरपालीका स्थित पुरानो टाफिक कार्यालय अगाडी पूर्वपवश्चिम राजमार्ग छेउमा बम फेला परेको छ ।

दुर्इ नाकाबाट नेपालबाट भारतमा पेट्रोल तस्करी - 2018-08-13
लहान : नेपाल र भारतमा मूल्य अन्तर बढेपछि सिरहाबाट पेट्रोलियम तस्करी बढेको छ । सीमा क्षेत्रका अधिकांश पेट्रोल पम्पबाट पेट्रोलियम भारततर्फ तस्करी भइरहे पनि प्रहरीले नियन्त्रण गर्न चासो नदेखाएको जनाइएको छ।

आजदेखि लगातार तीन दिन भारी वर्षा : सप्तकोसीमा बढ्यो खतरा - 2018-08-13
काठमाडौं : देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ ।

प्रदेश २ का ‘फरार’ राज्यमन्त्री अभिराम अदालतमा उपस्थित - 2018-08-13
महोत्तरी : सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् ।

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट - 2018-08-12
मोरङ : विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको हो ।

गाँजासहित तीनजना पक्राउ - 2018-08-12
लहान : प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ खयरवानाबाट प्रहरीले शनिबार साँझ एक पसलेलाई पक्राउ गरेको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1374254 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top