मदिरा ओसारपसार गर्ने छ जना पक्राउ

समाज

बुवाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु



समाज प्रकाशित मिति:

कैलाली :
सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो ।

बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।

बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको थियो ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ । साभार अनलाईन खबर
कांग्रेस उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट - 2017-12-02
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रदेश सभा क तर्फका उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट भएको छ । आज बिहान ५ बजे बम बिस्फोट भएको हो ।

विप्लवका दुई कार्यकर्ता पक्राउ - 2017-12-02
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता धरानबाट पक्राउ परेका छन्।

कृषक दम्पतीको हत्या - 2017-12-02
जितपुरसीमरा उपमहानगरपालिका-३ बजनी र रामवानकोबीच गाउँमा एक दम्पतीको हत्या भएको छ ।

युुवतीको शंकास्पद मृत्युु, चित्ता बाटै शव बरामद - 2017-11-30
रौतहट १४ मंसीर// रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ का सुुखाडी पासवानको १८ बर्षिया छोरी सुुरतिया पासवानको शंकास्पद मृत्युु भएको छ ।

रौतहटको महम्दपुरमा गोली चल्यो , प्रहरी र स्थानिय बचि झडप - 2017-11-30
रौतहट १४ मंसीर // रौतहटको गरुडा नगरपालिकाको महमदपुरमा बिहिवार राति प्रहरी र स्थानिय बिच झडप भएको छ । राजपाका कार्यकताहरुले प्रोजेक्टर मार्फट मधेश आन्दोलनको भिडियो र नेताका भाषणहरु देखाउने क्रममा प्रहरीले रोक्दा झडप भएको बताइएको छ ।

झापामा बम आतंक: २० जना पक्राउ - 2017-11-29
झापामा एकपछि अर्को गर्दै उम्मेदवार लक्षित आक्रमण शुरु भएको छ ।

हत्या आरोपमा एक पक्राउ - 2017-11-29
करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु नौ घाइते - 2017-11-29
काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

मुसहर अगुवा भन्छन्– वाचा पूरा गर, भोजभतेर खुवाएर भोट नमाग - 2017-11-29
रौतहट १३ मंसीर // मंसीर २१ मा हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार घरदैलोमा व्यस्त छन्। विभिन्न योजना र आश्वासन दिँदै दलित समुदायका बस्ती– बस्तीमा प्रमुख दलका उम्मेदवारहरु मत माग्न पुगिरहेका छन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 NEXT

English News



1709725 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top