मदिरा ओसारपसार गर्ने छ जना पक्राउ

समाज

चालकको हडतालले यातायात ठप्प



समाज प्रकाशित मिति:

धनगढीः
भदौदेखि लागू भएको मुलुकी देवानी संहितामा दुर्घटनाबारे उल्लेख गरिएको प्रावधानको विरोधमा चालकले गरेको हडतालका कारण प्रदेशभरिको यातायात ठप्प भएको छ ।


कैलालीका तीन यातायात समिति, सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली रिभरसाइड यातायात, कञ्चनपुरका महाकाली यातायात, पवनदूत यातायात, डडेलधुराको उग्रतारा यातायात र डोटीको शैलेश्वरी यातायातका सार्वजनिक सवारी नचल्दा यात्रु मर्कामा परेका छन् ।


चार दिनदेखि प्रदेश ७ को सार्वजनिक यातायात बन्द हुँदा यात्रु अलपत्र परेका हुन् । असोज १ गते चालक र पूर्वजनमुक्ति सेनाको बन्दले यातायात सञ्चालन भएन भने २ गतेदेखि चालकले गाडी चलाएका छैनन् । मुलुकी देवानी संहितामा चालकको लापरवाहीले कसैको मृत्यु भए १० वर्षसम्म जेल सजाय हुने व्यवस्थाको चालकले विरोध गर्दै हडताल गरेका हुन् । चाडबाडका बेला पनि सार्वजनिक सवारी नचलेपछि यात्रु समस्यामा परेका छन् ।

उनीहरूले रातो नम्बर प्लेट भएका बुकिङमा जाने गाडीसमेत बन्द गरेका छन् । नेतृत्व कसैले पनि नलिएकाले आन्दोलन टुंगिने सम्भावना न्यून रहेको स्थानीय बताउँछन् । काउन्टर खुला रहे पनि यातायात मजदुरले सवारीसाधन चल्न दिएका छैनन् । सवारीसाधन नचलाउँदा यात्रु बसपार्कमा अलपत्र परेका छन् ।

चार दिनदेखि सवारीसाधन सञ्चालन नहुँदा समस्यामा परेको भारतको मुम्बईबाट फर्किएका बाजुराको बुढीनन्दा गाउँपालिका–७ का कर्णबहादुर जेठाराले बताए । ‘बिरामीको उपचार गर्न मुम्बई गएको थिएँ’, जेठाराले भने, ‘तर ४ दिनदेखिको यातायात बन्दले होटलको बास भएको छ ।’

सुदूरपश्चिम यातायात व्यवसायी संघले बिहीबार सबै चालकलाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष निस्केको छैन । दिपायल जाने यात्रु बाला सिंह पनि बसपार्कमा अलपत्र छन् । ‘गाडी कहिले चल्ने हो थाहै छैन, बसपार्कको वास भएको छ’, उनले भने । गाडीचालक चिरञ्जीवी ढुंगेलले सबै चालकलाई दोषी बनाउने गरी ऐन आएकाले विरोधमा उत्रिएको बताए । ‘चालकलाई मान्छे मार्ने रहर हुन्छ रु दुर्घटना त भैपरी आउने कुरा त हो नि १’ उनले भने ।

अज्ञात व्यक्तिले सूचना जारी गर्दैमा भएको चालकको हडतालले मजदुर संगठन, यातायात व्यवसायी पनि दोधारमा परेका छन् । ‘कसले पो बसपार्कमा आएर अब हडताल गर्नुपर्छ भनेर गयो, अहिले सबै चालक हडतालमा छन्, उनीहरूको नेता को हो ? कोसँग वार्ता गर्ने रु केही थाहा छैन, तैपनि हामीले गाडी चलाउन अनुरोध गरेका छौं’, सुदूरपश्चिम यातायात व्यवसायी पदम सापकोटाले भने । चालकको नेतृत्व नभएकाले माग पूरा हुनेमा शंका रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव जितबहादुर मल्लले बताए ।

उनले चालकलाई सोह्र श्राद्ध नजिकै आइरहेको र दसैंका लागि समेत यात्रुको आवागमन बढेकाले सवारी चलाउन आग्रह गरेको बताए । ‘तर हाम्रो कुरामा उनीहरू तयार भएका छैनन्’, उनले भने । उनले यातायात मजदुर संघ÷संगठनले सरकारलाई नयाँ मुलुकी देवानी संहितामा दुर्घटनाका प्रावधान परिवर्तन गर्न सरकारलाई जानकारी गराइसकेको बताए । उनले व्यवस्थित भएर मजदुरलाई हडतालमा उत्रिन आग्रह गरे । साभार अन्नपुर्ण
किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिम - 2018-04-02
रौतहट १९ चैत्र // गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ ।

रौतहटमा ट्राफिक प्रहरीको दादागीरी - 2018-04-02
रौतहट १९ चैत्र // रौतहटमा सोमवार तीन जना ट्राफिक प्रहरीले एक जना ट्रक चालक लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन /

चुनाव पछि व्यक्ति हत्याको घटना बढ्यो , ७ महिनामा ९ जनाको हत्या - 2018-04-02
रौतहट १९ चैत्र // रौतहटमा चुनाव पछि ७ महिनायता ९ जनाको व्यक्तिहरुको हत्या भएको छ भने लुटपाट र चोरी र तस्करीका घटनाहरु बृद्धी भएको छ ।

जंगलमा डढेलो, बस्तिमा जनावार, किसान पिडित - 2018-04-02
रौतहट १९ चैत्र // जंगलमा व्यापक डढेलो लागेपछि जंगली जनावरहरु बस्तिमा देखापर्न थालेका छन । जंगली जनावरहरु बस्तिमा पसेर किसानले लगाएका वालीनाली नष्ट पार्न थालेका छन ।

बन क्षेत्रमा कतै पक्की घर, कतै खेतबारी, कतै ठुला ठुला बस्ति ! - 2018-04-01
रौतहट १८ चैत्र // रौतहटको बनक्षेत्र पछिल्ला बर्षहरुमा व्यापकरुपमा अतिक्रमणको चपेटामा पर्दै आएको छ । सुकुम्वासीका नाममा पक्की घरहरु बन क्षेत्रमा बन्न थालेका छन । बनक्षेत्रको खाली जमिनमा खेती लगाउने तथा ठुला बस्ति नै बस्न पनि थालेको छ ।

वालुवामा लुकाएर सखुवाको गोलिया तस्करी - 2018-04-01
रौतहट १८ चैत्र // पछिल्लो दिनहरुमा रौतहटको जंगलवाट काचो रुखहरु कटेर टेक्टरमा राखी बालुवाले पुरेर तस्करी हुने गरेको पाइएको छ ।

रौतहटमा एकदिन तीन स्थानमा दुर्घटना, दुइ जनाको मृत्यू - 2018-04-01
रौतहट १८ चैत्र // रौतहटमा एकै दिन तीन स्थानमा मोटरसाइकल दुर्घटना भएको छ । छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुइ जना युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

सामाजिक सञ्जालमा जथाभाबी लेख्ने नेबिसंघका केन्द्रिय सदस्य साह प्रहरी हिरासतमा - 2018-03-31
रौतहट १७ चैत्र /// सामाजिक सञ्जाल फेसबुकमा गाली गलौज गरेको आरोपमा कटहरिया नगरपालिका–५ निबासी नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य राजाबाबु साह प्रहरीको खोरमा पुगेका छन । पत्रकार संजय मिश्र माथि अनेकन लान्छाना लगाउदै फेसबुकमा स्टाटस पोष्ट गरेपछि प्रहरीले नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य एवंम युुवा परिषदका रौतहट संयोजक साह लाई पक्राउ गरेको छ ।

छुरा हानेर श्रीमतीको हत्या, गल्छीमा पुगेका प्रकाश पक्राउ - 2018-03-31
काठमाडौं : दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने भएको छ । खड्काको अन्त्यष्टि भने भोलि हुनेछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 NEXT

English News



1698737 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top