logo
21 Oct 2018   |   
राजनीति

नेकपाका बरिष्ठ नेता नेपाल गृह जिल्लामा शुभ कामना आदान प्रदानमा



राजनीति   94 पटक पढिएको   कलमपाटी     
रौतहट १ कार्तिक// पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल गृह जिल्लामा आयोजित शुभ कामना आदान प्रदान कार्यक्रममा सहभागी भएका छन । नेता नेपाल चन्द्रनिगाहपुर, गरुडा, कटहरीया तथा गोरमा भएको कार्यक्रममा सहभागी भएका छन ।



उनले नेपाली कांग्रेस,संघिय समाजवादी फोरम र  राष्ट्यि जनता पार्टी देश र जनता बिरोधी रहेको टिप्पणी गरेका छन ।

रौतहटमा बिधालय भवनहरु राम्रा राम्रा भएपनी शिक्षाको स्तर अति कमजोर रहेको उनको भनाइ छ ।

 अब दुईतिहाईको कम्युनिष्टको सरकारमा भ्रस्टाचारी लाइ नछाड्ने बताउदै कार्यक्रताहरु लाइ समेत खवरदारी गर्न निर्देशन दिएका छन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओली संग भएको भेटमा आफुले देशमा कुनै कम्युनिष्टका कुनै नेताले भ्रस्टाचार नगर्ने र अन्य कसैलाई गर्न नदिन तथा भ्रस्टाचारी लाई कडा भन्दा कडा कार्यवाही गर्न सुझाव दिएको जानकारी गराएका छन ।

 

स्थानिय तहका कुनै पदाधिकारी लाई भ्रस्टाचार गर्न छुट नदिने,

तस्करी,बन फडानी जस्ता कार्य नियन्त्रण गर्न पार्टी र सरकार लागी परेको समेत बताए ।

 

राजतन्त्र उखेलेर गणतन्त्र सम्म पुरयाउने पार्टी कम्युनिष्ट नै रहेकाले, शुखी नेपाली समृद्ध नेपालको मुलमन्त्र लिएर अगाडी बढी रहेको पार्टी रहेकाले अबको १५ बर्ष कम्युनिष्टको सरकारको बिकल्प नहुने पुर्व प्रधानमन्त्री  नेपालले दावी गरेका छन ।

 

कटहरीयामा भएको कार्यक्रममा प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विकासप्रेमी नेता तथा सांसद प्रभु साहले अवको यात्रा समृद्धी तर्फ बढीरहेको बताएका छन ।

 रौतहटको क्षेत्र नम्बर तीनलाई अवको पाचबर्ष भित्र विकासको माध्यम बाट मुहार परिवर्तन  गर्ने योजनाका साथ अगाडी बढेका   नेता  साहो भनाइ छ ।


 






शुभकामना आदान प्रदान कार्यक्रममा संसदको बिकास तथा प्रबिधी सभापती कल्याणी खड्का , समानुपातिक संघिय सांसद समिना हुसेन, सरला यादव , पार्टि केन्द्रिय सदस्य समिर भटराई, प्रदेश सांसदद्धय नागेन्द्र यादव,कुन्दन कुश्वाहा,नेकपाका नेताहरु कमल यादव, शम्भु साह,मनोज यादव, रजिउदिन आलम,रामजी साह,मो. कलिमुलाह,वहिद अन्सारी,पलट चौधरी,त्रिभुवन साह,प्रेमलाल साह, हरी नारायण बण्डा,रामेश्वरी बण्डा,योगेनद्र साह केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।

जिल्लाको बिभिन्न स्थानमा भएको कार्यक्रममा नेता नेपाल लाइ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

 

 












1784821 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top