logo
14 Dec 2018   |   
समाज

सिरहामा सडक दुर्घटना : दुई दिनमा तीन जनाको मृत्यु



समाज   16 पटक पढिएको   कलमपाटी     
सिरहा २७ मङि्सर । दुई दिनमा सिरहाको अलग-अलग ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी जथाभावी बाटो काट्दा र तिब्र गतिमा ‘ओभर टेक’ गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ। मृत्यु हुने तीनैजना सप्तरीका हुन्।

सिरहामा सडक दुर्घटना : दुई दिनमा तीन जनाको मृत्यु


मंगलबार लहान–ठाडी सडकखण्ड अन्र्तगत सखुवानन्कारकट्टी गाउँपालिका ३ मा ना ४ ख ४७१३ नम्बरको बसले ओभर टेक गर्ने क्रममा स १० प ३५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका ५ कुशहाकी ३५ वर्षीया जुमेदा खातुनको घटनास्थलमै मृत्यु भएको थियो। उनको १८ वर्षीय छोरा इरफान खान घाइते छन्। यही बसको ठक्करले गएको मंसिर २ गते पनि लहान ३ का ४० वर्षीय कुमारी महतोको मृत्यु भएको थियो।

बुधवार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका १० सोनापुरस्थित टाटासुमोले ठक्कर दिँदा सप्तरी तिलाठी गाउँपालिका ७ बस्ने ३५ वर्षीय सुमन सिंहको ज्यान गएको छ।

उनी सवार को १८ प २९११ नम्बरको स्कुटरलाई टाटासुमोले ठक्कर दिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका इन्सपेक्टर मिलन बस्नेतका अनुसार ठक्कर दिने टाटासुमो भेटिएको छैन।

बुधबार राति पूर्व(पश्चिम लोकमार्ग अन्तर्गत बलान खोला पुलमा दुई मोटरसाइकल ठोक्किदा चालक सप्तरी सुरुङ्गा नगरपालिका १ का २० वर्षीय महेश महतोको मृत्यु भएको छछ।

लहानबाट सप्तरी जाँदै महतो सवार स १० प २५१५ र लहान आउँदै गरेका बा ४६ प ६८८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्एिको थियो।  दुर्घटनामा चारजना घाइते भएका छन्। साभार अन्नपुर्ण 









2134301 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top