साहित्य

गरिवको बस्तिमा धुर्मुस सुन्तली भगवान बनेर उत्पती भए



साहित्य प्रकाशित मिति: कलमपाटी

रौतहट १८ असोज
रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरमा नुमना बस्ति बनाएर घर दिने भएपछि दलित बस्तिका मानिसले धुर्मुस सुन्तली भगवान बनेर उत्पती भएको बताएका छन ।

रौतहटको चन्द्रपुर ८ सन्तपुरमा रहेको दलित बस्तिको बर्षौदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४५ घर दलित परीवारले माघ देखि सुबिधायुक्त घर मा बस्न पाउने भउका छन ।

सो निमार्णधिन बस्तिको असोज ४ गते   शिलान्यास गरीएको  थियो । अहिले बस्तिका पुराना र जीर्ण झुपडीहरु हटाउने काम भैरहेको छ ।

गरीव लाइ सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस सुन्तली मानिस नभएर भगवान नै भएको बस्तिका शैलेन्द्र माझी मुसहरले बताए । गाउका बासिन्दाले धुर्मुस सुन्तली भगवान बनेर बस्तिमा उत्पती भएको बताएका छन ।

सो दलित बस्तिमा करीव ५ करोड ७५ लाखको लगानीमा नमुना  बस्ती बनाउन लागिएको हो ।

जीर्ण झुपडीमा बस्दै आएका माझि मुसहर, दुसाद, लोहार र हजामका ४५ परीवारका लागी फाउन्डेशनले घर निमार्ण गर्न लागेको  अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले बताएका छन । 

नमुना बस्ति बनाउनका लागी जमिन, बाटो, लगाएत सवै पुर्वाधार भएकाले सन्तपुरको दलित बस्ति नै छनौट गरीएको धुर्मसले बताए ।

बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी, सरकारको मापदण्ड अनुसार २ तले ४ वटा कोठा  भएको घर र  शौचालय, धारा र बगैंचा, एक मन्दिर, सार्बजनिक धारा सामुदायिक भवन र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको निर्माण हुने फाउण्डेशनका व्यवस्थापक अर्जुन न्यौपाने बताएका छन ।

सवैको साथ र सहयोग भएमा आउदो माघ २४ गते बस्ति समुदायलाइ हस्तान्तरण गर्ने गरी काम भैरहेको हांस्य कलाकार कुन्जना घिमिरे सुन्तलीले बताएकी छिन ।


जोशी लाइ मदन र क्षेत्री लाइ जगदम्वा पुरस्कार - 2016-09-20
कलमपाटी ४ असोज लेखक रामलाल जोशीको कथा संग्रह ‘ऐना लाइ २०७२ सालको मदन पुरस्कार दिइने भएको छ । मदन पुरस्कार गुठीले जोशीको कथा संग्रह ‘ऐना लाइ मदन पुरस्कार दिने निर्णय गरेको हो ।

आंसुको शक्ति बजारमा - 2016-09-19
काठमाण्डौ २ असोज मानव बेचनिखन बिरुद्धको अभियानमा सकृय रहेकी सुनीता दनुवारले आंसुको शक्ति नामक पुस्तक लेखेकी छिन । मुम्बईको कोठीमा र्पुयाइएकी सुनीताले त्यहा भोगेको आफ्नै निर्मम कथालाइ पुस्तकमा समेटेकी छिन ।

'गोरेटो अनि उस्तै छ गल्ली'को अन्त्य - 2016-09-14
काठमाण्डौ २९ भदौ गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार सांझ निधन भएको छ । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

लघुकथा – बुढा बा - 2016-09-08
राजु क्षेत्री 'अपुरो' एक जना बुढा बा आफ्नो नातिको सहारा लिएर सहरको एउटा सरकारी अस्पतालमा पुगे । केही बेरको लाइन पछि उनको पालोे आयो । डा साबले आफ्नो सामुन्नेको कुर्चीमा बस्न अनुरोध गर्दै सोधे – ” ल भन्नुस बा, कति वर्ष हुनु भयो अनि हजुरलाई के के भयो ? “चार बीस नाघेको परारै हो डा साब, आँखा देख्न छाडिसकेँ ।

मदन पुरस्कारका दाबेदारको ‘सर्ट लिस्ट सार्वजनिक - 2016-07-27
काठमाण्डौ मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका दाबेदारको ‘सर्ट लिस्ट सार्वजनिक गरेको छ। वर्षभरी गुठीलाई प्राप्त भएका पुस्तक मध्येबाट उत्कृष्ट सात पुस्तक र पुस्तकका लेखक छनोट भएको गुठीले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

PREV 1 2

English News



648960 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top