प्रहरीको कुकुरले भेट्टायो पर्सा राष्ट्रिय निकुञ्जमा गाडिएको किशोरीको शव

समाज

भुमि अधिकार मन्चले बुझायो ज्ञापन पत्र



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ५ भदौ//
मोही वाडफांडका लागी निवेदन दर्तागर्ने म्याद एकबर्ष थपगर्न तथा निवेदन परेको एकबर्ष भित्र बाडफाड गरीसक्न भन्दै भुमि अधिकार मन्चले ज्ञापन पत्र छ ।

एकबर्ष भित्र मोही बाडफाड हुनुपर्ने र निवेदन दिने म्यान एक बर्ष थप गर्नुपर्ने माग राखेर मंचका रौतहट जिल्ला अध्यक्ष चन्द्रमान थिङ्ग सहित को टोलीले ज्ञापन पत्र बुझाएका हुन ।

रौतहट जिल्लामा करीव २२ हजार मोही सरकारी तथ्याकमा नै दर्ता रहेको  मन्चको दावी छ ।

जिल्लामा  तीन हजार ५ सय ६५ जनाले मात्र म्याद भित्र निवेदन दिएकोमा दुइ हजार चार सय ३९ जनाको मात्र मोही बाडफाड भएको छ ।

जानकारीको अभावमा हजारौ मोहीले निवेदन दिन नपाएको भन्दै एकबर्ष निवेदन दिने म्याद थप गर्न माग गरीएको हो ।

निवेदन दिएकाहरुले धेरै तारेख धाउनु परेको समेत मंचका रौतहट संयोजक अनुप माझी मुसहरले गुनासो गरेका छन ।

फोटो : भुमि सुधार कार्यालय गौरमा ज्ञापन पत्र बुझाउदै मंचका संयोजक अनुप माझी मुसरहको टोली //


सिराहामा चोरी पैठारीको कपडासहित तीनजना पक्राउ - 2017-11-07
सिराहा भन्सार कार्यालयले कपडा चोरी पैठारीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निजहरुलाई सिराहा जिल्ला कल्याणपुर नगरपालिका अन्तर्गत कमला नदीको चत्री घाटबाट पक्राउ गरेको हो ।

किशोरी बलात्कारको आरोपमा २ युवक पक्राउ - 2017-11-05
किशोरी बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले दुुई युुवकलाई पक्राउ गरेको छ ।

लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ - 2017-11-02
लमजुङ प्रहरीले अनुमानित १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेको छ । हिमाली जिल्ला मनाङबाट सुनलाई झोलामा लिएर मोटरसाइकलमार्फत झर्दै गरेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएका प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई बिहान पौने ११ बजेतिर सुनसहित पक्राउ गरेको हो ।

ट्रयाक्टर पल्टिँदा एक जानाको मृत्यु - 2017-11-01
सर्लाहीमा मलामी चढेको ट्रयाक्टर पल्टिँदा एकजनाको ज्यान मृत्यु भएको छ । भने दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

नेताको घाँटी रेटेर हत्या ! - 2017-10-10
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

माधव घिमिरे दुर्घटनाको एक वर्ष : अझै खुलेनन् यी रहस्य - 2017-09-25
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल नम्बर ९८५१०८८३८८ बाट २०७३ असोज ९ गते राति ९.५५ मा उनको एक आफन्तकोमा फोन गयो। करिब २६ सेकेन्ड ती आफन्तले ‘हेल्लो–हेल्लो’ भनिरहे तर दोहोरो संवाद हुन सकेन।

मतगणना स्थल नजिकै सिलिण्डर बम भेटियो - 2017-09-24
बाराको बारागढी गाउँपालिकाको मतगणना भइरहेको स्थल नजिकै आइतबार दुई वटा सिलिण्डर बम भेटिएको छ। बम नेपाली सेनाले निक्रिय पारेको छ।

रौतहटमा मतगणना स्थलमा एमाले काग्रेस कार्यकर्ता बिच झडप - 2017-09-19
बृन्दाबन नगरपालिकाको मतगणना स्थल बाहीर मंगलवार साझ झडप भएको छ ।

पानी जमेपछि मतदातालाई लाईन बस्न समस्या - 2017-09-18
जीतपुरसिमरा उपमहानगरपालीका १५ स्थित नेरामाबि डुमरवाना मतदान केन्द्रमा पानी जमेपछि मतदातालाई सास्ति भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1381290 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top