समाज

बिपन्न मुस्लिम परीवारले समुहमा मनाए अवतारी



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट ९ जेठ //
रौतहटका विपन्न परीवारका मुस्लिम समुदायले रमजान पर्वको ब्रतपछि मंगलवार साझ सामुहिकरुपमा अवतारी गरेका छ ।

 कतार च्यारीटीको सहयोगमा यमुनामाई गाउपालीका र राजपुर नगरपालीकाको दुइ वटा टोलमा सामुहिकरुपमा अवतारी अर्थात बेलुकाको प्रसाखको आयोजना गरीएको हो ।

एकै ठाउमा सयौ मानिसले अवतारी बनाएका छन यसरी मनाउनाले आपसी सद्भाव बढ्ने आयोजक सस्था आरडिसी नेपालका रौतहट जिल्ला अध्यक्ष पारस हुसेनको भनाइ छ ।

 रमजान पर्वमा धेरै खर्च हुने र बिपन्न परिवारलाइ खर्च धान्न मुस्किल हुने हुदा समुहमा नै अवतारी मनाउने कार्यक्रमको आयोजना गरेको कतार च्यारीटीका कार्यक्रम प्रबन्धक ईसाद अलि शेखले जानकारी दिएका छन ।

जिल्लाको यमुनामाइ गाउपालिकाको हजमुनियाटोल र राजपुर नपाको दिघाटोलका अवतारी खुवाइएको हो । व्रतपछि साझ सुर्य अस्ताएपछि खाने प्रसादलाइ  अवतारी भनिन्छ ।

 एक महिना लामो रमजान पर्वमा मुस्लिम समुदायले बिहान सुर्य नउदाउदै खाने र दिनभर ब्रत बसेर बेलुका सुर्य अस्ताए पछि मात्र खानेकुरा खाने गर्दछन ।


झड्केलो छोराहरुको हत्या गर्ने दिलीप सिराहबाट पक्राउ - 2018-04-28
काठमाडौं : वागमती किनारको सुकुम्बासी बस्तीमा दुई बालकको हत्या गरी भागेका दिलीप यादव पक्राउ परेका छन् । आफू लिभिङ टुगेदर बस्दै आएकी महिलाका दुई छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेर उनी फरार थिए ।

लागु औषध सहित एक यूवक पक्राउ - 2018-04-28
रौतहट : रौतहट गौर नगरपालिकाबाट नाईट्रोभेट टयाबलेट सहित एक यूवक पक्राउ परेका छन् । भरतको बैरगनियाबाट गौर नगरपालिका हुदै नेपाल भित्राउदै गरेको एक यूवकको साथबाट तीन सय पच्चास थान नाईट्रोभेट टयाबलेट प्रहरीले बरामद गरेका छन् ।

बाल विवाह रोक्न पुगेको प्रहरीलाई आफ्नै जवानले अवरोध गरेपछि… - 2018-04-28
वीरगञ्ज : प्रहरीलाई प्रहरीको अवरोध १ सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर पर्सामा बाल विवाह रोक्न पुगेको प्रहरी टोलीलाई प्रहरी जवानले नै रोक्ने प्रयास गरेका छन् ।

एकैपटक दुइ वालिकालाइ बलात्कार गर्ने पुरुष पक्राउ - 2018-04-26
रौतहट १३ बैसाख रौतहटको गुजरा नगरपालीकामा एकजना पुरुषले दुइ बालिकाहरुलाइ एकै पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

प्रहरीले गाडी फेला नपारेपछि पिडित पक्ष आन्द्योलनमा - 2018-04-26
रौतहट १३ बैसाख बृन्दावन नगरपालीका १ बलेरीका ३२ बर्षिय राजेश पटेलको गत चैत १६ गते राती सबारी ठक्करबाट मृत्यु भयो । ईलाका प्रहरी गरुडाको टोली तत्कालै दुर्घट्नास्थल पुग्यो ।

दर्ता बिनाका निजी विद्यालय बन्द हुने - 2018-04-26
गौर : जिल्लाको एक नगरपालिकाले दर्ता बिनाको निजी विद्यालय बन्द गर्ने जनाएको छ । रौतहट जिल्लाको गौर नगरपालिकाले नगरभित्र दर्ता नभएका निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा - 2018-04-25
चन्द्रनिगाहपुर : चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमका बिच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।

बिहे भाँडिएपछि युवतीद्वारा आत्महत्या, दाइजो माग्ने पक्राउ - 2018-04-25
वीरगञ्ज : दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् ।

पर्साको बहुदरमाइ नगरपालिकाका वडाअध्यक्ष वीरगञ्जबाट पक्राउ - 2018-04-23
वीरगञ्ज : पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 NEXT

English News



1084276 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top