विमान दुर्घटनामा ज्यान गुमाएका सबै ४९ जनाको शब डिएनए परीक्षण गरेर परिवारलाई बुझाइँदै

समाज

चालक आन्दोलनले यातायात ठप्प



समाज प्रकाशित मिति:

काठमाडौँः
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबार आहवान गरेको अनिश्चितकालीन आन्दोलनले जनजीवन प्रभावित भएको छ ।


कलैयाबाट चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएनन् । यहाँ बस, ट्रक, ट्यांकर, टेम्पो, ईरिक्सा समेत ठप्प रह्यो ।

पूर्व–पश्चिम राजमार्ग समेत दिनभर सुनसान रह्यो । सवारी साधन नचलेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू मर्कामा परेका छन् ।

आन्दोलनलाई सफल बनाउन ट्यांकर चालक भरत राउत कुर्मीको नेतृत्वमा २ दर्जन बढी चालक तथा सहचालकले मटिअर्वा–मानमथ सडक खण्डको उत्तर झिटकैयामा सडकमै टायर बालेर सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले सवारी ऐन संशोधन नगरेसम्म आन्दोलनलाई कडा बनाउँदै लैजाने चेतावनी चालकहसंचालनले दिएका छन । ‘सरकारले सवारी ऐनमार्फत चालकलाई अपराधी सरह व्यवहार प्रस्तुत गरेको छ,’ बरौनी काठमाडौं रुटमा पेट्रोल बोक्ने ट्यांकर चलाउँदै आएका चालक उद्धव प्रसाद यादवले भने, ‘हामीले जानेर कहिले मान्छे मार्दैनौं ।’ साँघुरो सडक र साना सवारी चालकको लापरवाहीले दुर्घटना हुने गरेको उनले दाबी गरे ।

रोकी राखेको ठूला सवारी साना सवारी आफैँ आएर ठोकिए पनि ठूला सवारीका चालकले कारवाहीको भागिदार बन्ने रु कहाँको न्याय हो यो रु चालकहसंचालनले सरकारसँग प्रश्न गरे । दुर्घटनामा दोषी देखिएका चालकलाई कारवाही हुनुपर्नेमा गल्ती नै नगर्ने चालकलाई सजायको भागिदार बनाउन कानुन ल्याउनु गलत भएको चालकहरूको भनाइ छ ।

सवारी दुर्घटनाको प्रमुख कारण साँघुरो र बिग्रेको सडक रहेको अर्का ट्यांकर चालक उमेश यादवले बताए । ‘सडकमा अट्न नसकेको बढदो सवारी चापलाई नियन्त्रण गर्ने काम सरकारको हो,’ उनले भने, ‘आफ्नो कमजोरी सरकारले हेर्दै नहेर्ने र चालकलाई मात्र दोषी देखाउने ।’ सरकारको गलत कदमलाई अब हामी चालकले सहदैनौं । ज्यान मार्ने अपराधी र सवारी दुर्घटनामा मर्ने व्यक्तिको घटनालाई एउटै दाजोमा राख्न नमिल्ने उनले बताए ।

सवारी चलाउने क्रममा लापरवाही देखिएका चालकलाई घटनाको अनुसन्धान गरेर कारवाही हुनुपर्छ । तर सबै चालकलाई एउटै दाजोमा राख्न मिल्दैन । तर दोषी चालकलाई कारवाही गर्ने कानुन नै अव्यावहारिक भएको चालकहरूको जोड छ ।

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रीय संयोजक बसन्त शर्माले सिमराबाट देशभरका चालकहरूलाई सम्बोधन गर्दै सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म आाफूहरूले सवारी नचलाउने घोषणा गरेका छन् । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गरेको प्रति असन्तुष्टी जनाए ।

‘सवारी ऐन तुरुन्त सच्याउनुपर्छ,’ उनले भने, ‘ऐन नसच्याइएसम्म आन्दोलन रोकिदैन ।’ चाँडोभन्दा चाँडो कानुन नसच्याइए आन्दोलनका कार्यक्रमलाई अझ कडा बनाउने चेतावनी समेत उनले दिए ।

ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने भन्दै समितिका सहसंयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको कानुन संशोधन नभए चालक अनुमतिपत्र सरकारलाई बुझाएर पेसा परिवर्तन गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।

समितिका सहसंयोजक अधिकारीले आन्दोलनका क्रममा गाडी चलाउनेहरूलाई कुनै अवरोध नगरिने भन्दै आाफूहरूको आन्दोलन आफ्नै लागि भएकाले सोचेर कदम चाल्न चालकहरूलाई आग्रह गरे । आन्दोलनका नाममा सडकमा उत्रने तथा जबर्जस्ती सवारी बन्द गर्न लगाउने आफूहरूको कार्यक्रम नरहेको अधिकारीले स्पष्ट पारे ।

बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरूले सरकारले कानुन संशोधनको माग पूरा नगरेसम्म आफूहरू गाडीको स्टेरिङमा नबस्ने घोषणा गर्दै सरकारको विरोध गरेका थिए । सवारी चालकहरूले सवारी थन्काएर आन्दोलन सुरु गरेपछि बारा, पर्सा, रौतहट लगायत प्रदेश २ मा सार्वजनिक सवारी सञ्चालनमा आउन सकेनन । सार्वजनिक सवारी नचल्दा सडक सुनसान भएको छ ।

चालक आन्दोलनको कारण देशभरका सार्वजनिक सवारी चलाउने चालकहरूले मंगलबारबाट सवारी नचलाउने घोषणा गरेका हुन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरूसंग आग्रह समेत गरेको छ । साभार कान्तिपुर
संसद तिमल्सेना द्धारा बिचल्ली परीवार लाइ सहयोग - 2018-01-13
रौतहट २९ पुस // बम बिस्फोटनमा परी चितवनमा उपचार गराइरहेकी सरीता राइको छोराछोरी लाइ सासद देव प्रसाद तिमल्सेनाले खाध्यान्न तथा केही रकम सहयोग गरेका छन ।

बम बिष्फोटनका घाइतेलाइ उपचार खर्च अभाव - 2018-01-13
रौतहट २९ पुस // रौतहटमा बम बिष्फोटमा परेर घाईते भएका दुइजनाले उपचार खर्च वापतको पैसा अस्पताललाइ तिर्न सकेका छैनन । चितवन स्थित मेडीकल कलेजमा उपचार गराइरहेका उनीहरुले ५ लाख भन्दा बढी रकम बुझाउन बाकी रहेको छ ।

विकासको नाममा नदीमा स्काइभेटर संचालन, स्टोक गरेर महगोमा बिक्री गर्दै व्यपारी - 2018-01-12
गौर २८ पुस // जिल्लाका बिभिन्न खोलामा स्काइभेटरनै प्रयोग गरेर गिटी, वालुवा , ढुगा उत्खनन गर्न थालिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा हुने बिकास निर्माणका लागि बिभिन्न खोलाबाट सिमित मात्रामा गिटी निकाल्न अनुमती दिएको भएपनि ठेकेदारले ठुलो परिणाममा गिटी निकालेर स्टोक गरेर पछी महगोमा बिक्रि बितरण गर्ने गरेका छन् ।

इजाजत नलिइ इन्टरनेट सेवा बिक्री गर्ने एक पक्राउ - 2018-01-12
रौतहट २८ पुस// अनुमती नै नलिइ इन्टरनेट सेवा बिक्री गर्दै आएका एक व्यक्ति लाइ प्रहरीले पक्राउ परेको छ । विगत दुइवर्ष अघि देखी रौतटहको चन्द्रपुर ४ का संजय कुमार साहले अनुमती नलिइ इन्टरनेट सेवा बिक्री बितरण गरेको आरोपमा उन लाइ प्रहरीले पक्राउ गरेको छ ।

रिक्सा चालक द्धारा न्यानो कपडा बितरण - 2018-01-11
रौतहट २७ पुस रौतहटका रिक्सा चालक केदार प्रसाद तिमल्सेनाले रौतहट तथा बारा जिल्लाका बिभिन्न गरीव बस्तिहरुमा कपडा बितरण गरेका छन ।

हिउँ चितुवाको छालासहित पक्राउ - 2018-01-11
मकवानपुर प्रहरीले हिउँ चितुवाको छालासहित मकवानपुरका १ जनालाई पक्राउ गरेको छ

बिचल्लीमा परेको एक मुसहर परीवारलाइ सहयोग - 2018-01-11
चन्द्रपुर २७ पुस बिचल्लीमा परेको रौतहटको एक मुसहर परीवार लाइ हास्य कलाकार धुर्मुस लगाएत बिभिन्न व्यक्तिहरुले कपडा तथा रकम सहयोग गरेका छन ।

शितलहर पिडित लाइ न्यानो बाड्दै धुर्मुस - 2018-01-11
रौतहट २७ पुस हास्य कलाकार धुर्मुस तराइ मधेशका शितलहर पिडितहरु लाइ न्यानो कपडा बाड्न केहि दिन देखि व्यस्त छन । बिहीवार धुर्मसले चन्द्रपुर नपाको डुमरीयामा रहेका एकसय परीवार लाइ कम्वल बितरण गरेका छन ।

शितलहर बढेर चिसोहुदा रौतहटमा ११ को मृत्यू - 2018-01-11
रौतहट २७ पुस शितलहरका कारण रौतहटमा चिसोले मर्नेको सँख्या ११ बिहिवार सम्ममा पुगेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 NEXT

English News



1686482 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top