logo
20 Mar 2019   |   
समाज

स्काभेटर दुर्घटनामा चालकको मृत्यु



समाज   30 पटक पढिएको        
ओखलढुंगा ६ चैत्र । मानेभञ्ज्यांग गाउँपालिका वडा नं. ४ स्थित बालेथाममा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोलु करिडोरको विद्युत प्रशारण लाइन विस्तारका लागि निर्माण गर्न लागिएको टावरको जग खन्ने क्रममा दुर्घटना हुँदा चालक १८ वर्षीय जीवन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। टावर (पोल) निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो ।

स्काभेटर दुर्घटनामा चालकको मृत्यु


स्काभेटर मंगलबार साँझ ६ बजे दुर्घटना भए पनि चालकको अवस्था अज्ञात थियो। हराइरहेका चालकको शव भने बुधबार बिहान मात्रै फेला परेको थियो। स्काभेटर दुर्घटनासँगै बेपत्ता चालकको शव भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आयोजनाका ठेकेदार नआएसम्म स्थानीयले शव उठाउन मानेका छैनन् । स्काभेटर सडकबाट ८ सय मिटर तल भीरमा खसेर दुर्घटना भएकाले भीरबाट शव निकाल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पुष्पराज मल्ले बताए। साभार अन्नपुर्ण









2665258 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top