बंशरिाम जयसवाल अनाथालय को २२ औ बार्षिक उत्सव

समाज

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने



समाज प्रकाशित मिति:

अमलेखगन्ज :
रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।


राजपथको पश्चिमतर्फ घना जंगल छ । निकुञ्जको यो वन क्षेत्रमा सालका रूखको प्रचुरता छ । वन्यजन्तुका दृष्टिले पनि संवेदनशील यो क्षेत्र निकुञ्जको रैथाने जंगली हात्तीको बासस्थान हो । हात्ती लगायत अन्य वन्यजन्तु यस क्षेत्रमा ओहोरदोहोर गरिरहन्छन् ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार विगतमा २३ हजार वटासम्म निकुञ्जको रूख काट्नुपर्ने प्रारम्भिक सर्भेले देखाएको थियो । त्यसलाई न्यूनीकरण गरी सक्दो कम काट्ने तयारी गरिएको छ । हाल रूख काटने अनुमतिको प्रक्रिया मन्त्रालय स्तरमा रहेको र आफूले पाएको जानकारीअनुसार त्यो प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।

वर्षाकै बीच पनि परियोजनाको काम भने जारी रहेको पौड्यालले बताए । नेपालतर्फ १७ किमिभन्दा केही बढी पाइप ओछ्याइसकिएको उनले जानकारी दिए । भारततर्फ नेपालभन्दा दु्रत गतिमा काम हँुदै गरेकाले त्यहाँ करिब २५ किमि पाइप ओछ्याइसकिएको छ ।

नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि अमलेखगन्जस्थित आयल निगमको डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेछ । हालसम्म पथलैया काँटादेखि सिमरा हुँदै जीतपुरसम्म, वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हुँदै अमलेगन्जसम्म पाइप लाइनको काम पूर्णरूपले बाँकी छ । वर्षाले गर्दा काम सुस्त गतिमा भए पनि सन्तोषजनक रूपमै काम भएको उनले बताए । यो परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । यता रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइप लाइन ओछ्याइँदै छ । परियोजनाको लागत प्रति किमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले कुल लागत झन्डै ३ सय ५० करोड भारु हुनेछ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान उपलब्ध गराउने र वीरगन्जका केही स्थानमा मुआब्जा वितरणको काममा मात्रै खर्च गर्नेछ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइपलाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । परियोजनामा भारत महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिँदैछ । अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ ।

भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपबाट भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ, जसमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ । साभार कान्तिपुर

६ हजार महिलालाइ सेनिटरी प्याड - 2018-02-26
रौतहट १४ फागुन // बिधालयजाने किशोरीहरुको पढाइ छुट्ने समस्या रोक्नका लागी र महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर राख्दै नगरपालिकाले निशुल्करुपमा सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम ल्याएको छ ।

स्थानियस्तर बाटै बन्यौ सडक , प्रचण्डले गरे उद्घाटन - 2018-02-25
रौतहट १३ फागुन // पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको सकृयतामा निमार्ण भएको रौतहटको एक सडकको उद्घाटन गरेका छन ।

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा - 2018-02-23
जनकपुरधामः कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकारको सुरक्षा र दोषि लाइ कार्वाहीको माग गर्दै सिडियोको ध्यानाकर्षण - 2018-02-23
रौतहट ११ फागुन // नेपाल पत्रकार महासंघ रौतहटले पत्रकारहरु लाइ मार्ने धम्की दिने व्यक्ति लाइ पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।

पक्की घरको आशामा झुपडी भत्काउँदा विचल्ली - 2018-02-23
गौर : जनता आवास कार्यक्रमअन्तर्गत रौतहटका करिब एकहजार दलित परिवारले सुरक्षित घरमा बस्ने आशले भएका झुपडी भत्काए।तर अहिले उनीहरुसँग न घर छ, न झुपडी नै छ।सहरी विकास मन्त्रालयले विपन्न परिवारलाई घर बनाइदिने भनिए पनि समयमै घर नबनाइदिँदा उनीहरु अलपत्रमा परेका हुन्।

रौतहटमा जताततै सडक अतिक्रमण - 2018-02-23
रौतहट : जिल्लामा निजी प्रयोजनले सडक अतिक्रमण गर्ने क्रम बढदो छ । चन्द्रनिगाहपुर–गौर खण्डमा अतिक्रमण तीव्र छ । सडकका दुबैतर्फ स्थानीयले पशु बाँध्नुका साथै परालको कुन्यु र पसलका समान राख्दा आउजाउमा समस्या छ ।

पानीको सतह घट्दा सिँचाइमा समस्या - 2018-02-23
रौतहट : बागमती नदीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिँचाइको समस्या भएको छ । गहुँ र मकैका लागि सिँचाइको पानी नपुग्दा किसान निराश बनेका छन् ।

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर - 2018-02-23
लहान : छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते भएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ की एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।

न्याय दिने निकायमै ‘अन्याय’, प्रहरी कार्यालयमै कुटिए रघुवीर - 2018-02-23
वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका एक पीडितमाथि नै कार्यालयमा अन्याय भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखामा कार्यरत प्रहरी नायब निरीक्षक विनोद साहले पीडितलाई नै कुटपीट गरी थुनेको तथ्य बाहिरिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1361980 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top