स्थानियस्तर बाटै बन्यौ सडक , प्रचण्डले गरे उद्घाटन

समाज

प्रधानमन्त्रीको घोषणा : सिलिन्डर बिदाइ कार्यक्रम सुरु भयो



समाज प्रकाशित मिति:

विराटनगर :
प्रधानमन्त्री केपी शर्मा ओलीले एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताएका छन् । विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘मैले पाइपबाट ग्यास घर घरमा पुर्‍याउँछौँ भन्दा पत्याएनन्, यहाँ पाइपबाट ग्यास कसरी पुग्छ रु हामी आफैँले चुल्हो चलाएर हेर्‍यौँ’, प्रम ओलीले भने, ‘अहिले सानो संख्यामा सुरु भए पनि ठुलो संख्यामा पनि यसलाई विस्तार गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले वायोग्यास उद्घाटनमा बोल्दै अब सिलिन्डर बिदाइ कार्यक्रम सुरु भएको बताए । ‘अब विस्तारै सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको छ । अब काँधमा सिलिन्डर बोकेर हिँड्नै पर्दैन’, ओलीले भने, ‘वायो ऊर्जालाई गाउँ गाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि विकास गर्न सकिन्छ ।

प्रम ओलीले निजी क्षेत्रतर्फ लक्षित गर्दै रोजगारी वृद्धिको पहल गर्न आग्रह गरे । ‘निजी क्षेत्रले उत्पादन, रोजगारी, आत्मनिर्भरता र निर्यातजन्य उत्पादनमा पहल लिएर लगानी गर्ने हो भने आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउन सकिन्छ’, ओलीले सम्बोधनका क्रममा भने ।

प्रम ओलीले ठुला जलविद्युत् आयोजनाहरु धमाधम बनिरहेकाले ग्यास सिलिन्डर विदाइको अवस्था नजिक आएको बताए । ‘ठुला विद्युत् आयोजना क्रमशः बनिरहेका छन् । त्यसको ऊर्जाको प्रयोग पनि बढ्नेछ’, ओलीले भने, ‘यो यात्रा अहिले सानो देखिए पनि यसको ठुलो महत्व छ, यो सुरक्षित पनि छ ।’

प्रम ओलीले सौर्य ऊर्जा पनि क्रमशः सस्तो हुँदै गएकालले ग्यासको विकल्पमा त्यसलाई पनि विस्तारै बढाउँदै लैजान सकिनेमा जोड दिए । साभार अन्नपुर्ण
भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु - 2018-06-14
काठमाडौं : भक्तपुरको सल्लाघारीमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ छन् ।

बस र मोटरसाइकल ठोक्किए, १ जनाको मृत्यु - 2018-06-14
सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुई बटा वडा बालबिबाह मुक्त, चार वटा वडा पुर्णखोप वडा घोषणा - 2018-06-13
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ९ र १० लाई मंगलबार वाल विवाह मुतm वडा घोषणा गरिएको छ । जनसेवा नेपाल रौतहटको सहजिकरण, चन्द्रपुर नगरपालिकाको समन्वय, प्लान ईन्टनेशनलको सहयोग तथा वडा कार्यालयको संयुतm आयोजनामा वाल विवाह मुतm वडा घोषणा गरिएको हो ।

बालकको हत्या आरोपमा वडाअध्यक्ष पक्राउ - 2018-06-13
रौतहट : एक बालकको हत्या आरोपमा प्रहरीले एक जना वडाअध्यक्ष सहित ६ जना लाई पक्राउ गरेको छ । १२ बर्षिय बालकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले कटहरिया नगरपालिका–९ का अध्यक्ष रामज्ञा प्रसाद यादब सहित ६ जना लाई पक्राउ गरेको हो ।

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु - 2018-06-13
सिमरा : निजगढमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा निजगढ नगरपालीका वडा नम्बर ११ रतनपुरीका ६७ बर्षिय इन्द्रबहादुर थिङ ‘कृतिपुरे’ रहेको इलाका प्रहरी कार्यालय निजगढले जाकारी दिएको छ ।

डोम भान्से राखेपछि विद्यालयको खाजा बन्द - 2018-06-13
सिरहाः जातीय आधारमा छुवाछुत र भेदभाव गर्नु हुँदैन भनेर विद्यालयमा शिक्षकहरूले विद्यार्थीलाई पढाउने गर्छन् तर सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयका शिक्षक स्वयंले छुवाछुतको व्यवहार देखाएका छन् ।

चिठ्ठाको नाममा ठग्ने गिरोह सक्रिय - 2018-06-13
वीरगन्ज : सामाजिक सञ्जाल र मोबाइल फोनबाट एसएमएस गरी लाखौं रुपैयाँको लट्र«ी अर्थात् चिठ्ठा परेको भन्दै सर्वसाधरण र व्यापारीसँग रकम ठग्ने गिरोह वीरगन्जमा पुनः सक्रिय हुन थालेका छन्।

वर्षा नलाग्दै जनकपुर जलमग्न - 2018-06-13
जनकपुर : एक घण्टा भएको सामान्य वर्षामा सोमबार अपराहन जनकपुर जलमग्न भएको छ । नगर क्षेत्रमा आउ–जाउ गर्न कठिन भएको छ । सवारी साधनहरू वैकल्पिक बाटो प्रयोग गरी गन्तव्यतर्फ जान बाध्य छन् । भानुचोकदेखि शिवपथ पुग्न सक्ने अवस्था छैन भने शिवचौकदेखि किसोरी नगर जाने बाटोमा ३ फिटसम्म पानी जमेको छ ।

‘क्लिन कलैया’ अभियान सुरु - 2018-06-11
काठमाडौं : बाराको कलैयामा ‘क्लिन कलैया’ अभियान सुरु भएको छ । कलैयाका सार्वजनिक स्थलमा फैलिएको प्रदुषण नियन्त्रण गर्ने गरी अभियान सुरु भएको हो । कलैया उपमहानरपालिकाले सम्पूर्ण पोखोरी, कुण्ड, तलाउ, तलैयासहित सार्वजनिक स्थलहरुको सरसफाइ गर्ने गरी अभियान थालेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1374770 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top