logo
19 Dec 2018   |   
समाज

काठ तस्करी नियन्त्रण गर्न नाकामा 'खाडल'



समाज   25 पटक पढिएको   कलमपाटी     
रौतहट ३ पुस // काठ तस्करबाट सखुवाको रूख जोगाउन डिभिजन वन कार्यालय रौतहटले बन प्रवेश गर्ने नाकाहरुमा ‘ट्रेन्च’ खाडल खन्न थालेको छ ।

काठ तस्करी नियन्त्रण गर्न नाकामा 'खाडल'


रौतहटको विभिन्न सेक्टर बनबाट तस्करले काचो रुखहरु काटेर लैजान थालेपछि बन कार्यालयले यस्तो उपय अपनाएको हो ।

तस्करहरुले सवारी साधनमा लोड गरेर काठ लैजाने गरेकाले जंगल छिर्ने नाकाहरूमा ट्रेन्च बनाएको बन कर्मचारीहरुले बताएका छन ।


काठ तस्करी नियन्त्रण गर्न राजमार्ग र भित्री नाकाहरुमा ट्रेन्च खनिएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले जानकारी दिएका छन ।

करीव  २ दर्जन नाकाहरूमा मेसिनबाट ठूला खाडल बनाइएको छ । त्यहा बाट सवारी साधन चल्न नसक्ने बनाइएको छ ।











2173507 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top