logo
17 Dec 2018   |   
समाज

जवर्जस्ती करणी गरेको भन्दै पति बिरुद्ध उजुरी



समाज   11 पटक पढिएको   कलमपाटी     
रौतहट २ पुस रौतहटमा एक महिलाले आफ्नै पति बिरुद्धमा बलत्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी छिन । चन्द्रपुर ५ की एक ३३ बर्षिया महिलाले पति बिरुद्ध बलत्कारको आरोपमा मुद्धा दर्ता गराएकी हुन ।

जवर्जस्ती करणी गरेको भन्दै पति बिरुद्ध उजुरी


पतिले आफ्नो ईच्छा विपरित गएको मंसिर २८ गते राती जवर्जस्ती करणी गरेको  आरोप लगाउदै ती महिलाले इलाका प्हरी कार्यालयमा उजुरी दर्ता गराएकी हुन । 

उनीहरुको विवाह २०६१ सालमा भएको दुइ उनीहरुबो ६ र १३ बर्षका दुइजना छोराहरु छन ।

पतिले मादकपदार्थ सेवनगरी कुटपिट गरी आफुलाई जवरजस्ति करणी गर्ने गरेको आफु बाध्य भएर कानुनी बाटो खोज्नु परेको महिलाको भनाइ रहेको छ ।

आरोपीत पुरुष लाइ पक्राउ गरी जिल्ला अदालतबाट १५ दिनको म्याद थपगरी अनुशन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डिएसपी युवराज खड्काले कलमपाटी लाइ जानकारी दिएका छन ।

बैवाहीक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाइ जवर्जस्ती करणी गरेमा पांच बर्ष सम्म कैदहुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ । अदालतले पतीको सम्पती बाट पत्नी लाइ पालनपोषण तथा संरक्षणका लागी रकम उपलव्ध गराउन तथा पत्नीको हित र सुरक्षाको लागी उपयुक्त बातावरण मिलाउन आदेश समेत दिन सक्ने व्यवस्था रहेको छ ।











2155393 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top