मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
आईपीएल: चेन्नईविरुद्ध चम्किए सन्दीप, दिल्ली ३४ रनले विजयी - 2018-05-19
काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध आफ्नो दोस्रो खेलका क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछालेले आफ्नो बलिङको कमाल देखाएका छन् ।

विश्वकप खेल्ने पोर्चुगल टोलीको घोषणा, युरो जिताउने खेलाडी अटेनन् - 2018-05-18
काठमाडौं : विश्वकप फुटबल सुरु हुन २५ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा हुन थालेको छ ।

एबी डिभिलियर्सको यो अदभूत क्याच, तपाईंले हेर्नुभो ? - 2018-05-18
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीबार राति रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीचको खेल निकै रोमान्चक रह्यो । नतिजा १४ रनले बैंगलोरको पक्षमा गएको यो खेलमा दुई कुरा निकै चर्चामा रहे- एउटा, एबी डिभिलियर्सको क्याच र अर्को, बासिल थम्पीको महंगो रन ।

सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी - 2018-05-17
काठमाडौं सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । बिहीबार पल्सर स्पोर्टस अवार्डमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सन्दीपले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि - 2018-05-17
काठमाडौं : एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।

पन्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित - 2018-05-17
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पन्जाबमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

कोलकातासँग राजस्थान ६ विकेटले पराजित - 2018-05-16
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

बैंग्लोरले पन्जाबलाई १० विकेटले हरायो, कोहलीले तोडे वार्नरको रेकर्ड - 2018-05-15
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

सालहले पक्का गरे गोल्डेन बुट - 2018-05-14
काठमाडौं : यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद साहलले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै ४४ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1371483 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top