मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी - 2017-05-01
क्रिकेट खेलमा पत्रकार समुह बिजयी भएको छ । गौर नगरपालिकाको सहयोग तथा युवा बिकाश केन्द्रको आयोजनामा रौतहटको गौर स्थित राइसमिलको मैदानमा प्रतियोगिता सम्पन्न भएको छ ।

धनगढीले जित्यो पहिलाे डीपीएल क्रिकेटको उपाधि - 2017-04-22
कैलाली मा भएको पहिलो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराहा धनगढीले जीतेको छ ।

१४ बर्ष मुनि का फुटबल खेलाडीको छनौट खेल सम्पन्न - 2017-04-17
रौतहट ४ बैसाख / मध्यमान्चालका सात जिल्लाका १४ बर्ष मुनीका फुटवल खेलाडीहरुको छनौट प्रकृया रौतहटमा सम्पन्न भएको छ ।

महिला फुटवल प्रशिक्षक लाइ मासिक ५ हजार सहयोग - 2017-04-06
कलमपाटी २४ चैत्र / रौतहटको चन्द्रनिगाहपुर घर भइ हाल अष्टेलियामा बस्दै आएका दिपक अधिकारीले एकजान फुटबल प्रशिक्षक लाइ मासिक ५ हजार दिने भएका छन ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा केन्यामाथि नेपालको जित - 2017-03-13
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ ।

महिला फुटवल खेलाडीहरु लाइ खेल सामाग्री बितरण - 2017-03-08
कलमपाटी २५ फागुन/ १०७ औ अन्र्तराष्ट्रिय महिला दिवशको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटवल खेलाडी हरुलाइ खेल सामाग्री बितरण गरीएको छ ।

संकटा ले लियो सिमरा गोल्डकपको उपाधी - 2017-02-11
सिमरा, २९ माघ / त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ ।

सिमरा गोल्डकपमा बिजय युथ सेमिफाईनलमा - 2017-02-05
सिमरा २३ माघ/ सरस्वती युथ क्लबलाई पराजित गर्दै प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मुन लाइट एकेडेमीमा खेल सप्ताह शुरु - 2017-02-05
कलमपाटी २३ माघ/ रौतहटको चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीमा आइतवार देखि खेल सप्ताह शुरु भएको छ । मुनलाइट एकेडेमीको १३ औ बाािषर््क खेलकुद सप्ताहको आइतवार उद्घाटान भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1376257 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top