logo
20 Mar 2019   |   
खेलकुद

श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा



खेलकुद   36 पटक पढिएको        
विराटनगर ६ चैत्र । नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहिद रंगशालामा बुधबार श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा


नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । रेखाको यो राष्ट्रिय टोलीबाट डेब्यु गोल हो । उपाधिका लागि नेपालले फाइनलमा भारत र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।









2665160 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top