मड्रिडमा बलेको आगोमा पेट्रोल हाल्न चाहन्नँः माउरिन्हो

खेलकुद

पढाइसँगै खेलकुद



खेलकुद प्रकाशित मिति:

रौतहट :
चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

रौतहटको चन्द्रनिगाहपुर स्थित कबर्ड हलमा प्रशिक्षण लिईरहेका बाललबालीका । पछिल्लो समय यहाँका बालबालीका कराँते र फुटबल खेलप्रति आकर्षित बनेका छन ।

पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ३० बालबालिका नियमित प्रशिक्षण गर्छन् । प्रशिक्षक अशोक पहाडीले १७ वर्षदेखि निस्शुल्क कराँते सिकाइरहेका छन् ।

‘अभिभावककै समर्थनमा कराँते सिक्न आएकी हुँ,’ सोफियाले भनिन्, ‘भविष्यमा खेलकुदबाटै नाम कमाउँछु ।’ मेहनत गरे पढाइ र खेलकुद दुवै अघि बढाउन सकिने उनको बुझाइ छ ।

एक वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराँते र फुटबलप्रति बालबालिकाको मोह बढदै गएको छ । दैनिक ५० भन्दा बढी बालबालिका शेरबहादुर दर्लामी खेलमैदानमा फुटबल प्रशिक्षण गर्न पुग्छन् । सोफियाका बुवा रमेश संग्रौला छोरीको मेहनत देखेर दंग छन् । ‘प्रायस् बालबालिका बिहान उठ्नै अल्छी गर्छन्,’ उनले भने, ‘छोरीको व्यवहार भिन्न छ । बिहान सबेरै उठेर टयुसन जान्छिन् । पढाइसँगै खेलमा पनि अभिरुचि बढेको छ ।’

चन्द्रपुर–४ की ११ वर्षीया सुप्रिया पोख्रेलको खेलमोह पनि उस्तै छ । उनी पनि पढाइसँगै खेलकुदमा अब्बल बन्न चाहन्छिन् । एक महिनाअघि काठमाडौंमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराँते प्रतियोगितामा प्रदेश २ बाट काँस्य पदक हात पारिन् । उनीसँगै बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि काँस्य पाए ।

सुप्रिया अहिले नियमित प्रशिक्षणमा छिन् । ‘मेरो सपना भनेको भविष्यमा कराँतेमा नम्बर वान बन्नु हो,’ उनले भनिन्, ‘त्यही भएर अहिले कडा मेहनत गर्दैछु ।’ उनका बुवा हरिबाबु रोजगारीका लागी विदेश गएका छन् । खेलमा लाग्न आमा सीताको समर्थन छ । उनी पनि मुनलाइटकै कक्षा ४ मा पढछिन् । कभर्ड हलमा प्रशिक्षक पहाडीका अलावा सहायक प्रशिक्षक सुधा थिङले उनीहरूलाई सिकाउँछन् । यहाँ २० भन्दा बढी किशोर बिहानको समयमा प्रशिक्षण लिन आउँछन् ।

पहाडीले बिहान–बेलुका गरी ६० भन्दा बढीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले सिकाएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । पहाडीले २०५८ बाट चन्द्रनिगाहपुर र सन्तपुरमा निस्शुल्क प्रशिक्षण दिने गरेका छन् ।

जिल्लामा पहिलेदेखि नै राखेपको प्रशिक्षक नरहेको पहाडीले बताए । ‘जिल्लामा कराँते खेलको विकासका लागि निस्शुल्क प्रशिक्षण गराउँदै आएको छु,’ उनले भने, ‘यही जिल्लाबाट अन्तर्राष्ट्रिय स्तरको कराँते खेलाडी उत्पादन गर्ने सपना छ ।’ राखेपले कुनै किसिमको सहयोग नगरेको पहाडीले दुखेसो पोखे । साभार कान्तिपुर
पेलेले भने-एम्बाप्पेले यसरी नै रेकर्ड तोडे भने मैले फेरि बुट लगाउनु पर्छ - 2018-07-17
फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे-माई लभ।

एम्बाप्पेले विश्वकपको सबै कमाई च्यारिटीमा दिने - 2018-07-17
रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् ।

बाईबाई रसिया कतारमा भेटौँला - 2018-07-16
मस्को : पूर्वविजेता फ्रान्सलाई उपाधि चुमाउँदै २१औं विश्वकप आइतबार उल्लासमय वातावरणमा सकिएको छ । विश्वकप अघि आयोजना र व्यवस्थापनको विषयलाई लिएर आलोचना खेपेको रुसले सबै खाले भ्रमलाई चिर्दै विश्वकपको सफल आयोजना र समापनसमेत गर्‍यो ।

मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी - 2018-07-16
क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् ।

तथ्याङ्कमा क्रोएसिया भर्सेस फ्रान्स - 2018-07-15
काठमाडौँः आज विश्वकपको फाइनल । दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया फाइनलमा विश्वविजेताको ताज पहरिन भिड्दैछन् । को विश्वविजेता बन्ला भन्ने सबैको चासो रहेको छ ।

राष्ट्रिय फुटबल प्रतियोगितामा शनिवार रौतहट र कास्की बिजयी - 2018-07-14
रौतहट ३० असार // चन्द्रनिगाहपुर स्थित शेरबहादुर दर्लामी खेल मैदानमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको शनिबारको खेलमा रौतहटले कन्चनपुरलाई १०–० को फराकिलो गोल अन्तरले बिजयी भएको छ ।

इंग्ल्याण्ड भर्सेस बेल्जियम: अन्त्य यस्तो चाहेको होइन ! - 2018-07-14
काठमाडौं : विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति पौने ८ बजे इंग्ल्याण्ड र बेल्जियमबीच सेन्ट पिटर्सवर्ग रंगशालामा खेल हुँदैछ ।

महिला राष्ट्रिय फुटबलमा झापा र धनकुटा बिजयी - 2018-07-13
चन्द्रपुर २९ असार// उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा शुक्रवार भएको खेलमा धनकुटा र झापा बिजयी भएका छन ।

रौतहटमा संचालित महिला राष्ट्रिय फुटबल प्रतियोगिताको दोश्रो दिन सुनसरी र कास्की बिजयी - 2018-07-12
चन्द्रपुर २८ असार// रौतहटको चन्द्रनिगाहपुरमा संचालन भैरहेको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको खेलमा कास्की र सुनसरी जिल्लाको टिम बिजयी भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

English News



1372601 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top