म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा

खेलकुद

प्रिमियर लिगमा लिभरपुलको अर्को जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलले प्रिमियर लिगमा लगातार छैटौं जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हराएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलले अग्रता भने उपहार गोलबाट लिएको थियो । राकिरीको क्रस शेन लङ हुँदै वेस्ले होड्टसँग ठोक्किएर आत्मघाती गोल बन्यो ।

खेलको २१ औं मिनेटमा जोन माटिपले लिभरपुलले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा मोहम्मद सहालले गोल गरे ।

खेलको दोस्रो हाफ भने दुबै टोलीका लागि अतिरिक्त ट्रेनिङ सेसन जस्तै रहृयो । पहिलो हाफमा लिभरपुलले तीन गोल गरेपछि खेलको प्रतिस्पर्धा नै हराएको थियो ।

जितसँगै लिभरपुल १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साभार अनलाईन खबर
रियल मड्रिडले युभेन्टसलाई हरायो - 2018-08-05
काठमाडौं : ग्यारेथ बेलको गोलको मद्दतमा रियल मड्रिडले मैत्रिपूर्ण खेलमा युभेन्टसलाई हराएको छ । यो खेलमा युभेन्टसका क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्वक्लबविरुद्ध मैदान उत्रिएका थिएनन् ।

नेपाललाई शृंखला जोगाउने अवसर - 2018-08-03
काठमाडौं : आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ। पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका लागि एकदिवसीय खेलको पहिलो जित हात पार्ने र जारी शृंखला जोगाउने अवसर जुराइदिएको छ।

साफ यू–१५ महिला च्याम्पियनसिपका लागि रौतहटका सात खेलाडी - 2018-07-31
रौतहट : राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन ।

त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता - 2018-07-30
काठमाडौं : बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी(२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।

फाइनल खेलमा रौतहट बिजयी - 2018-07-19
चन्द्रपुर ३ साउन// रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा - 2018-07-18
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

तेस्रो खेलमा भारतलाई हराउँदै इंग्ल्यान्डले जित्यो सिरिज - 2018-07-18
भारत विरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले २–१ ले जितेको छ। मंगलबार भएको तेस्रो खेलमा घरेलु टिम इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। यसअघि पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो।

नेइमार र एम्बाप्पे दुवै पिएसजीमै, च्याम्पियन्स लिग जिताउने चाहना - 2018-07-18
केलियन एमबाप्पे र नेइमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने भएका छन्। रियल म्याड्रिडले यी दुईलाई क्लब भित्र्याउन गम्भीर चासो देखाए पनि पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस फर्नान्डेजले दुबै जना यो सिजन पिएसजीमै रहने बताएका छन् ।

रौतहट र कैलाली फाइनलमा प्रवेश - 2018-07-17
रौतहट १ साउन // रौतहटको चन्द्रनिगाहपुरमा भैरहेको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा मोरङ्ग लाइ हराउदै कैलाली फाइनलमा प्रवेश गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 NEXT

English News



1712276 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top