म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा

खेलकुद

चर्चित क्रिकेटर लामिछाने सम्मानित



खेलकुद प्रकाशित मिति: कलमपाटी

हेटौंडा ९ असोज ।
चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरद्वारा आयोजित विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका उनलाई आधा दर्जन संघसंस्थाले सम्मान गरेको हो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पस, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मकवानपुर क्रिकेट एशोसिएसन, तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल, नवोदय शिशु सदन लगायतले उनलाई सम्मान गरेका थिए ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले उनलाई सम्मान स्वरुप एक लाखको चेक प्रदान गरे । मदन भण्डारी स्पोर्टस् एकेडेमीले विद्यालयस्तरीय क्रिकेट प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले क्रिकेटर लामिछानेको प्रशंसा गरे । क्रिकेटर लामिछानेले सरकारसँग क्रिकेट क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

नेपाली कम्यूनिष्ट पार्टी(नेकपा)का नेता श्रीधर पोखरेलको बिशेष आतिथ्य रहेको कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष नीरज सिंह ठकुरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य तथा हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उद्योगी अरुणराज सुमार्गी, राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका कार्यवाहक अध्यक्ष आशाकाजी श्रेष्ठ, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर क्रिकेट एशोसिएसनका पूर्व अध्यक्ष बासुलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि लामिछानेलाई सम्मान गरेको छ । क्याम्पसका कार्यबाहक अध्यक्ष अनन्त पौडेलले उनलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै, मकवानपुर क्रिकेट एशोसिएसनले पनि क्रिकेटर लामिछानेलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।

यसैबिच, हेटौंडाकै तासिर ईङ्गलिस सेकेण्डरी बोडिङ्ग स्कूल र नवोदय शिशु सदनले पनि चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई स्वागत् सम्मान गरेका थिए । क्रिकेटर लामिछानेसँग फोटो खिचाउन उनी पुगेको क्याम्पसहरु र विद्यालयहरुमा बिद्यार्थीको भिड नै लागेको थियो ।

जर्मनी र इङ्ल्यान्ड विश्वकप नजिक - 2017-09-03
साविक विजेता जर्मनी र पूर्वविजेता इङ्ल्यान्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेका छन् । शुक्रबार भएको आआफ्नो खेलमा जित हात पार्दै जर्मनी र इङ्ल्यान्डले रुस विश्वकपको यात्रा लगभक पक्का बनाएका हुन् ।

टेनिस स्टार सेरेना विलियम्स बनिन् आमा, दिइन् छोरीलाई जन्म - 2017-09-02
संसारको नम्बर १ टेनिस खेलाडी बनिसकेकी सेरेना विलियम्स आमा बनेकी छिन् । ३६ वर्षीया सेरेनाले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।

किन हुन्छन् एन्फाका खेलाडी पलायन ? - 2017-09-02
सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने सोचअनुरूप एन्फा एकेडेमी सुरु गर्‍यो ।

विश्वकप छनौटमा अर्जेन्टिनाले उरुग्वेसँग अंक बाँड्यो - 2017-09-01
फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा कठिन अवस्थामा रहेको अर्जेन्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

रोनाल्डोको अर्को किर्तिमान, पेलेलाई पछि छाडे - 2017-09-01
रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ४८ औँ ह्याट्रिक पुरा गरेपछि पोर्चुगलले फारो आइल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । देशका लागि उनको यो पाँचौ ह्याट्रिक हो ।

इंग्लिस मिडफिल्डर च्याम्बरलिन आर्सनलबाट लिभरपुलमा अनुबन्धित - 2017-08-31
आर्सनलका इंग्लिस मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिन ४० मिलियन पाउण्डमा लिभरपुल जान सहमत भएका छन् ।

बंगलादेशमाथि नेपालको रोमाञ्चक जित - 2017-08-31
नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि रोमाञ्चक जित हात पारेको छ ।

काउन्टिन्होलाई बार्सिलोना नजान नेयमारको सुझाव - 2017-08-30
पीएजसीका स्टार नेयमारले काउन्टिन्होलाई बार्सिलोना नजान सुझाव दिएको ब्राजिलका मिडियाहरुले जनाएका छन् ।

नेपालले बंगलादेशलाई हरायो - 2017-08-30
बंगलादेशविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 NEXT

English News



1714076 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top