म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा

खेलकुद

युरोपा लिगमा आर्सनलको जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
इंग्लिस क्लब आर्सनलले युरोपा लिगमा युक्रेनको भोर्सक्ला पोल्टभालाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

युरोपा लिगअन्तर्गत बिहीबार राति भएको समूह र्इको खेलमा आर्सनलले सहज जित हात पारेको हो । ३२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा ३ गोल गर्दा भोर्सक्ला पोल्टभाले २ गोल फर्काउन सफल भयो ।

ड्यानी वेल्बेकले ४८औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, आबुमियाङले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलको अग्रतामा पुर्‍याए । ७४ औ मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई ४–० गोलको अग्रता दिलाएका थिए ।

यसपछि आर्सनलले २ गोल खान पुग्यो । ७६ औं मिनेटमा पोल्टभाका चेस्नाभोले गोल गर्दै ४–१ गोलको स्थितिमा पुर्‍याएका थिए । इन्जुरी समयमा भिएचास्लाभ सार्परले गोल गर्दै पोल्टभालाई ४–२ गोलको स्थितिमा पुर्‍याए पनि आर्सनललाई रोक्न भने सकेनन् ।

बिहीबार राति नै यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २–० गोलले पराजित गरेको छ । साभार अनलाईन खबर
पिपुल्स च्वाइस अवार्डको चर्चा - 2017-09-05
पल्सर स्पोर्ट्स अवार्ड-२०७४ भदौ २६ गते राजधानीमा आयोजना हुँदैछ। पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा पुरस्कार प्रदान गरिने भएको छ।

विश्वकपमा छनौट नजिक इंग्ल्याण्ड - 2017-09-05
एक गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्याण्डले स्लोभाकियालाई हराउँदै आगामी वर्ष रसियामा हुने विश्वकपमा छनौट नजिक पुगेको छ ।

धोनीले बनाए अनौठो शतक - 2017-09-04
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् ।

पीएसजी जाने नेइमारको निर्णय सहीः पेले - 2017-09-04
ब्राजिलका जेलेन्ड पेलेले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने नेइमारको निर्णय सही भएको बताएका छन् ।

खेलकूदमन्त्री केसीलाई लोकतान्त्रिक खेलकूद संघको सम्मान - 2017-09-03
नेपालीकांग्रेसको शुभेच्छुक संस्था नेपाललोकतान्त्रिक खेलकुद संघले आइतबार युवातथाखेलकुदमन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ ।

इटालीको अपराजित यात्रा अन्त्य, इस्को नायक बन्दा स्पेन विश्वकप छनौट नजिक - 2017-09-03
इस्कोको दुई गोलको मद्दतले इटालीलाई हराउँदै स्पेन समूह जीबाट विश्वकप छनौटमा महत्वपूर्ण कदम चालेको छ ।

जर्मनी र इङ्ल्यान्ड विश्वकप नजिक - 2017-09-03
साविक विजेता जर्मनी र पूर्वविजेता इङ्ल्यान्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेका छन् । शुक्रबार भएको आआफ्नो खेलमा जित हात पार्दै जर्मनी र इङ्ल्यान्डले रुस विश्वकपको यात्रा लगभक पक्का बनाएका हुन् ।

टेनिस स्टार सेरेना विलियम्स बनिन् आमा, दिइन् छोरीलाई जन्म - 2017-09-02
संसारको नम्बर १ टेनिस खेलाडी बनिसकेकी सेरेना विलियम्स आमा बनेकी छिन् । ३६ वर्षीया सेरेनाले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।

किन हुन्छन् एन्फाका खेलाडी पलायन ? - 2017-09-02
सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने सोचअनुरूप एन्फा एकेडेमी सुरु गर्‍यो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 NEXT

English News



1705719 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top