logo
10 Dec 2018   |   
खेलकुद

गौतम गम्भीरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा



खेलकुद   5 पटक पढिएको   कलमपाटी     
भारतीय क्रिकेट टिमका पूर्वसदस्य गौतम गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका छन् ।

गौतम गम्भीरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा


सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै ३७ वर्षीय गम्भीरले क्रिकेट करिअरबाट सन्यास घोषणा गरेका हुन् । ओपनिङ ब्याटिङको भूमिकामा मैदानमा देखा पर्ने गम्भीरले भारतलाई विश्वकप दिलाउन निकै ठूलो भूमिका खेलेका थिए ।

सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका गम्भीरले भारतका लागि ५८ टेष्ट, १४७ एक दिवसीय अन्तर्राष्ट्रिय र ३७ टी-ट्वान्टी खेलेका छन् ।

गम्भीरले भारतका लागि पछिल्लोपटक सन् २०१६ मा इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।

सन्यास घोषणा गर्दै गम्भीरले भनेका छन्, ‘मैले मेरो राष्ट्रको लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेँ । अब सन्यास लिन चाहन्छु ।’ साभार अनलाई खबर










2087553 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top