म्यानचेस्टर सिटी कारबाओ कपको फाइनलमा

खेलकुद

पेलेले भने-एम्बाप्पेले यसरी नै रेकर्ड तोडे भने मैले फेरि बुट लगाउनु पर्छ



खेलकुद प्रकाशित मिति:

फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे-माई लभ।

आइतबार राति भएको क्रोएशियाविरूद्धको खेलमा एम्बाप्पेले एक गोल हानेका थिए भने एक गोल असिस्ट गरेका थिए।  

४ गोल गरेका १९ वर्षीय एम्बाप्पे २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट युवा खेलाडी बने।

पहिलो पटक विश्वकप खेलेका एम्बाप्पेले ब्राजिलका महान फुटबलर पेलेका तीन रेकर्ड बराबर गरिदिएका छन्।

अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि विश्वकपको एउटै खेलमा २ गोल गर्ने  एम्बाप्पेले दोस्रो टिनएजर खेलाडी बने। यसअघि पेलेले सन् १९५८ मा विश्वकपको एकै खेलमा २ गोल गरेका थिए।

विश्वकपको फाइनलमा गोल गर्ने टिनएजरको रेकर्ड पनि पेलेका नाममा थियो। क्रोएशियाविरूद्धको खेलमा गोल गरेर एम्बाप्पेले त्यो रेकर्ड पनि बराबर गरिदिए।  स्विडेनविरूद्धको फाइनल खेलमा गोल गर्दा पेले १७ वर्षका थिए।

पेलेले  पहिलो विश्वकप खेल्दा ब्राजिलले उपाधि चुमेको थियो र उनी  उत्कृष्ट युवा खेलाडी बनेका थिए। यसपालि एम्बाप्पेले पहिलो विश्वकप खेल्दा फ्रान्सले उपाधि जितेको छ र उनी उत्कृष्ट युवा खेलाडी बनेका छन्।

आफ्ना धेरै रेकर्ड एम्बाप्पेले बराबर गरेपछि ७७ वर्षिय पेलेले एम्बाप्पेको त्यही ट्वीटलाई कोट गर्दै लेखे(केलियनले यसैगरी मेरा सबै रेकर्ड बराबर गर्दै गए भने धुलो टक्कटकाएर मैले फेरि बुट लगाउनु पर्छ।

एम्बाप्पेको गति र खेल शैलीको तारिफ गर्दै धेरैले उनलाई नयाँ पुस्ताका नयाँ स्टारका रूपमा अर्थ्याएका छन्।  

एम्बाप्पेका लागि तेज गतिको व्याख्या आवश्यक छ। धेरै व्यावसायिक फुटबल खेलाडी छरिता हुन्छन् किनकी उनीहरू सामान्य मान्छेभन्दा छिटो दौडिन्छन्। कोही भने प्रभाव पार्ने अर्थमा छरिता हुन्छन्। यसको मतलब उनीहरू व्यावसायिक फुटबल खेलाडीभन्दा पनि छिटो हुन्छन्। विश्वकपमा धेरै खेलाडी छिटो दौडिन्छन्। तर केही यस्ता खेलाडी छन् तिनको गति खेलाडीको मानवीय क्षमताभन्दा बढी देखिन्छ।

एम्बाप्पे त्यस्तै क्षमता भएका खेलाडी हुन्। उनी अरूले खेल्नेभन्दा छिटो फुटबल खेल्दैनन्। उनी त अरूले हेर्न सक्नेभन्दा छिटो फुटबल खेल्छन्। तपाईंले सोच्न सक्नेभन्दा अगाडि उनी दौडिसकेका हुन्छन्। अर्का तीव्र खेलाडी थिओ वालकटलाई हेर्दा अचम्म लाग्छ-हेर कति छिटो दौडेका!

एम्बाप्पेलाई हेर्दा तपाईंको दिमाग रोकिन्छ र सोच्नुहुन्छ- त्यहाँ केही भइरहेकै छैन, उनी त्यहाँ पुग्नै सक्दैनन्।

पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टिमबाट गत साल डेब्यु गरेका थिए।

एम्बाप्पे खेलमात्र होइन सामाजिक कामले पनि चर्चामा छन्।

विश्वकप खेल्दा पाइएको तलब र भत्ता साढे  ५ करोड रूपैयाँ उनले शारीरिक अपांगता भएका बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउने संस्था प्रियर्स डि कोर्डिस एसोसियसनलाई दिएका छन्।

अर्जेन्टिनासँगको खेलपछि पेलेसँग तुलना हुँदा आफूलाई निकै खुसी लागेको एम्बाप्पेले बताएका थिए।

'औधी खुशी लागेको छ। तर पेलेजस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो, उनी अलग्गै समूहका खेलाडी हुन्,' एम्बाप्पेले भनेका थिए,' तर पनि त्यस्तो उपलब्धि हासिल भएका खेलाडीसँग जोडिन पाउनु गर्वको कुरा हो।'

यसपालि एम्बाप्पेले पेलेलाई फुटबलको राजा भएको बताएका छन्। उनले जवाफमा पेलेलाई लेखेका छन्-राजासधैँ राजा नै रहनेछ। साभार सेतोपाटी
पीएसजीसँग खेल्नु अघि रोनाल्डोको हृयाट्रिक - 2018-02-11
क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

म्याक्सवेलको अलराउण्ड प्रदर्शन, अष्ट्रेलिया विजयी - 2018-02-08
काठमाडौं : ग्लेन म्याक्सवेलको शानदार अलराउण्ड प्रदर्शनको मदतमा अष्ट्रेलियाले त्रिदेशीय सिरिज अन्तरगत इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको छ ।

मुम्बईको बलिङ ‘मेन्टर’मा मालिंगा नियुक्त - 2018-02-08
काठमाडौं : श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा मुम्बई इण्डियनको बलिङ ‘मेन्टर’ बनेका छन् ।

डि मारियाले गरे ८ वर्षपछि ह्याट्रिक, काभानीको एक गोल, नेमारलाई आराम - 2018-02-07
पेरिस : पेरिस सेन्ट जर्मेन (पिएसजी) फेन्च कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पिएसजीले गएराति भएको खेलमा सोचाउक्सलाई ४–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो - 2018-02-07
काठमाडौं : ब्राजिलियन फुटबलर फिलिप काउटिन्होले आफू उपाधि जित्न बार्सिलोना आएको बताएका छन् ।

बार्सिलोनालाई पछ्याउँदै यथ्लेटिको मड्रिड, रियल मड्रिडलाई फाइदा - 2018-02-05
ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा रहेको यथ्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको भ्यालेन्सियालाई पराजित गरेको छ ।

पीकेले बार्सिलोनालाई हारबाट जोगाए, बन्यो रेकर्ड - 2018-02-05
काठमाडौं : क्याटलोनिया डर्बीमा बार्सिलोनाले बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर बार्सिलोनाले स्पानियोलसँग १-१ को बराबरी खेलेको हो ।

१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार - 2018-02-01
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबारको खेलमा चेल्सीले नमिठो हार व्यहोर्न बाध्य भएको छ ।

पीसीजीलाई हराए रियल मड्रिडलाई रोक्न कठिन - 2018-02-01
काठमाडौं : रियल मड्रिड र पेरिस सेन्ट जर्मन दुवैलाई प्रशिक्षण गरेका कार्लो एन्सेलोट्टीले मड्रिडलाई अझै कम आँक्न नहुने बताएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1258860 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top