कोमल वली एमालेबाट राष्ट्रियसभाकी उम्मेदवार

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
‘प्रदेश राजधानी र नामको टुंगो कहिले लाग्छ?' - 2018-07-30
जनकपुरधाम : प्रदेशसभा गठन भएको ६ महिना हुन लाग्दा पनि प्रदेशको नाम र स्थायी राजधानीको टुंगो नलागेपछि प्रदेश २ का सांसद आक्रोशित बनेका छन् ।

नगरपालिका भवन निर्माणका लागि मेयरले गरे १० कट्ठा जग्गा दान - 2018-07-29
राजविराज : सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्। उनले करिब ५ करोड मूल्य बराबरको जग्गा दान गरेका नगरपालिकाले जनाएको छ।

सरकार र डा. केसीको सहमति सकारात्मकः बंशिधर मिश्र - 2018-07-27
काठमाडौं : नेपाल स्वास्थ्य सेवा सहकारी (नेको)का उपाध्यक्ष बंशिधर मिश्रले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

प्रदेश २ का तीन राज्यमन्त्रीले सपथ लिए - 2018-07-25
जनकपुरधाम : प्रदेश २ सरकारका थपिएका ३ राज्यमन्त्रीले बुधबार सपथ लिएका छन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सिफारिस भएका ३ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ गराएका हुन् ।

मलेठ घटना प्रदेश सरकारले छानबिन गर्ने, आयोगको छानबिनमा असन्तुष्टि - 2018-07-24
जनकपुरधाम : सप्तरीको मलेठ घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले तयार प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारले छानबिन गर्ने निर्णय गरेको छ ।

महानगरको करप्रति वीरगञ्जका व्यवसायी असन्तुष्ट - 2018-07-23
वीरगञ्ज : वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् ।

नयाँ करको विरोध - 2018-07-23
गौशाला : महोत्तरीको गौशाला नगरपालिकाले जनताको ढाँड सेक्ने गरी नयाँ कर लागू गरेको भन्दै वडाध्यक्षसहित दलहरू आन्दोलित भएका छन् ।

बिपि स्मृतीमा बृक्षारोपण - 2018-07-22
रौतहट ६ साउन // रौतहटको चन्द्रपुर नगरपालिका–४ मा रहेको कमलामाई स्थान बिपि बनबाटिका र जनज्योति बहुमुखी क्याम्पस प्राङ्गणमा आइतवार नेबिसघले बृक्षारोपण गरेको छ ।

मालपोत र नापी कार्यालय रोक्न चलखेल - 2018-07-21
सिमरा : बाराका सिमरा र सिम्रौनगढबाट मालपोत र नापी कार्यालयको सेवा प्रदान गर्ने सरकारको निर्णयविरुद्ध फेरि चलखेल सुरु भएको छ । सदरमुकाम कलैया बचाउ संघर्ष समितिले मालपोत र नापी कार्यालय अन्यत्र लैजान नदिने प्रयास थालेको पाइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1372588 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top