logo
19 Dec 2018   |   
राजनीति

महासंघको साधारणसभा पुष २९ मा, मुल व्यवस्थापन समितीको जिम्मा यादवलाई



राजनीति   7 पटक पढिएको   कलमपाटी     
वीरगञ्ज, ३ पुष // आज बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले यसै महिनाको २९ गते महासंघको २२ औं साधारण सभा महासंघ कै भवनमा गर्ने निर्णय गरेको छ ।



शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभा सफल पार्न कोषाध्यक्ष भूषण यादवको संयोजकत्वमा मुल व्यवस्थापन समिती गठन समेत गरेको छ ।

गठित समितीको सदस्यहरुमा आरके पटेल, निलिमा पौडेल, अमित अग्रवाल, मनोज पटेल, पुष्पराज तिमल्सिना रहेका छन् ।

समितीले आवश्यकता अनुसार परामर्श गरी कार्यसमिती र अन्य सदस्यहरुसँग समेत समन्वय गरी अधिवेशन भव्य र सभ्य बनाउने जिम्मेवार समेत दिइएको छ । अधिवेशनमा साँगठानिक र आर्थिक प्रतिवेदन पेश गर्न समेत सचिव र कोषाध्यक्ष जिम्मेवारी दिइएको छ ।










2173633 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top