कोमल वली एमालेबाट राष्ट्रियसभाकी उम्मेदवार

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
प्रदेश २ मा शान्तिपूर्वक मतदान - 2017-12-07
४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारी छ ।

४५ जिल्लामा मतदान सुरु: विहानैदेखि मतदाता लाईनमा - 2017-12-07
दोस्रो चरणअन्गर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आज विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान सुरु भएको आयोगले जनाएको हो । बेलुकी ५ बजेसम्म मतदानको प्रक्रिया जारी रहने छ ।

बस्ति बस्तिमा भोज, गाउलेलाइ भ्याइ नभ्याइ - 2017-12-06
गौर २० मंसीर// रौतहटका अधिकाश दलित तथा गरीव बस्तिका मतदाताहरुलाइ भोज खान भ्याइनभ्याइ छ । जिल्लाको बसित बस्तिमा भोजै भोज छ ।

रौतहटमा भारतिय सवारी साधन चलाउनमा रोक - 2017-12-06
रौतहट २० मंसीर // प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी रौतहट जिल्लामा भारतिय नम्वरका गाडीहरु चलाउन रोक लगाइएको छ ।

रौतहटमा मतदानस्थल बनाउने काम तिव्र - 2017-12-06
चन्द्रपुर २० मंसीर // रौतहट जिल्लाको अधिकाश मतदान स्थलहरुको तयारी पुरा भएको छ । सुरक्षाकर्मी कर्मचारीहरु मतदान स्थलहरुमा सोमवार देखि नै खटिएका छन ।

‘रक्सी र मासुमा भोट साट्ने दिन गए’ - 2017-12-06
महोत्तरी २० मंसीर // निर्वाचनमा कसरी मतदान कसरी गर्नुहुन्छ भनेर सोध्दा बर्दिबासका बिल्टु सदा (मुसहर)ले अनुभव पो सुनाउन थाले । ‘मलाई लाग्छ, २०६४ सालको संविधानसभा निर्वाचन थियो’, उनले भने, ‘हाम्रो बस्तीमा दिनपिच्छे रक्सी र मासुको भोज चलेको थियो ।’

मतदाता भन्छन: के को चुवानमा भोट दिने थाहा छैन ! - 2017-12-02
रौतहट १६ मंसीर// रौतहट को दलित बसितका निरक्षर मतदाताहरु लाइ के को चुनाव हुदै छ भन्ने थाहा छैन । भोट हाल्ने दिन केहि दिन मात्रै बाकी हुदा पनि चुनाव के को भन्ने सिकाउन बस्तिहरुमा कोही पुगेका छैनन ।

रौतहट ४ नम्वरमा बाम गठबन्धनमा समर्थन र प्रवेश व्यापक - 2017-12-02
रौतहट १६ मंसीर // रौतहटको क्षेत्र नम्वर ४ का बाम गठबन्धनका उम्मेदवारहरु लाय जिताउनका लागी व्यापक जन समर्थन हुदै आएको छ ।

कांग्रेसका कार्यकर्ता बाम गठबन्धन मा प्रवेश - 2017-12-02
रौतहट १६ मंसीर रौतहट संबिधानसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस लाई ठुुलो झटका लागेको छ । नेपाली कांग्रेसका लामो ईतिहाँस बोकेका दर्जनौ कार्यकर्ता बाम गठबन्धनमा प्रवेस गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1378692 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top