कोमल वली एमालेबाट राष्ट्रियसभाकी उम्मेदवार

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
सरकारको निर्णय सच्याउन दबाब - 2018-01-26
काठमाडौं : पूर्वअर्थमन्त्री र अर्थविद्हरूले सामाजिक सुरक्षा भत्ताको उमेर घटाउने सरकारी निर्णयलाई गैरजिम्मेवार र अप्रजातान्त्रिक भनेका छन्। आर्थिक समृद्धि र उत्पादनका लागि औद्योगिकीकरणमा जुट्नुपर्ने बेला लोकप्रियताको लोभमा यस्तो निर्णय गर्नु लाजमर्दो भएको उनीहरूले बताएका छन्।

को बन्ला मुख्यमन्त्री ? - 2018-01-26
काठमाडौं/सुर्खेत/विराटनगर : प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्।

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा - 2018-01-24
माघ १० ,पोखरा// कास्कीबाट प्रदेश न ४ का सांसद एबम युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारिले फेवा ताल संरक्षणको काम शुरु भएको घोषणा गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश २ मा उम्मेदवारी दर्ता हुँदै - 2018-01-24
जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ । उम्मेदवारी दर्ताको समय बिहान दश बजेदेखि राखिए पनि दलहरु दिउँसो एक बजेपछि मात्रै उम्मेदवारी दर्ता गराउन आएका हुन् ।

वेश्यालय चलाउने वडाध्यक्ष सर्वोच्च पुगे - 2018-01-24
काठमाडौं : गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालत पुगेका छन्।

यस्तो हुनेछ अब प्रधानमन्त्री कार्यालय - 2018-01-24
काठमाडौं : संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ ।

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता - 2018-01-24
काठमाडौं : माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

राजपाले छान्यो राष्ट्रियसभाका दुई उम्मेदवार - 2018-01-24
काठमाडौं : राष्ट्रिय जनता पार्टी ९राजपा०ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ ।

वीरगञ्ज आन्दोलनका थप कार्यक्रम सार्वजनिक, २१ गते वीरगञ्ज बन्द - 2018-01-23
वीरगञ्ज : प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज कायम गर्न माग गर्दै शुरु भएको आन्दोलन थप चर्काउने निर्णय भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374215 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top