समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

निजामती कर्मचारी दिवशमा बिभिन्न कार्यक्रम - 2016-09-02
कलमपाटी, १७ भदौ निजामती कर्मचारी दिवशको अवसरका रौतहटमा बिभिन्न सामाजीक कार्य गरेर मनाउने निर्णय भएको छ । भदौ १७ गते चन्द्रनिगाहपुर र गौरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको छ ।

न लास, न सास ! बस दुर्घटनामा हराइरहेका आफन्तको पिडा - 2016-09-02
कलमपाटी, रौतहट १७ भदौ , एकसाता अघि चितवनको चण्डीभन्ज्याङ ६ कालीखोला नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका नौ जनाको परीवार गहीरो शोक मा छन । परीवार ले दुर्घटनामा परेका आफन्तको न लास भेटेका छन न सास भेटेका छन ।

बस दुर्घटनामा हराइरहेका तीन जनाको शव फेला , नभेटिएका आफन्तको कुशको शव बनाएर अन्तिम संस्कार - 2016-08-30
कलमपाटी चितवन १४ भदौ , गएको बिहीवार राति चितवनको चण्डीभन्ज्याङ ६ काल्लीखोलामा नजिकै त्रिशुली नदीमा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटना हुदा हराइरहेका मध्ये १२ जना मध्य सोमबार दिउसो तीन जनाको शव फेला परेको छ ।

सिमानामा मदीराको मात ! - 2016-08-30
भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण र ओसारपसारमा कडा कानुन बनेपछि नेपालतर्फका सिममक्षेत्रका गाउ तथा बजारहरुमा मदिरा को बिक्री बढेको छ । दैनिक जसो सयौको सख्यामा एउटै जिल्लामा भारतियहरु मदीरा सेवन गर्न आउने गरेका छन ।

हेडमास्टर तिवारीलाइ तीन महिना कैद सजाय - 2016-08-30
कलमपाटी, रौतहट १४ भदौ, रौतहटस्थित मोथियाही निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ ।

नक्कली प्रमाण पत्र पेश गरी MBBS पढेका डाक्टर अख्तियारको अनुशन्धानमा - 2016-08-29
काठमाण्डौ १३ भदौ अख्तियार अनुशन्धान आयोगले एक मेडिकल अधिकृत लाइ नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्ययन गरेको आरोपमा सोमवार बिशेष अदालतमा आरोपपत्र दायर दर्ता गराएको छ ।

मध्य तराइ मधेशका जिल्लामा अत्याधिक गर्मी ! - 2016-08-28
कलमपाटी १२ भदौ मध्यतराइको जिल्लाहरुमा केहि दिन देखि चर्को घाम लागेका कारण गर्मी बढेको छ । केहि दिन देखी पानी समेत पर्न सकेको छैन , पानी नपर्दा किसान थप मर्कामा परेका छन ।

उर्जाराज्य मन्त्री को जिल्लामा धेरै बिधुत चोरी ! - 2016-08-28
कलमपाटी, रौतहट १२ भदौ उर्जा राज्य मन्त्री सत्य नारायण भगतले आफ्रनो गृह जिल्ला बढी बिधुत चोरी हुने जिल्लाहरु भनेर हांसो गर्ने गरेको बताएका छन ।

बस दुर्घटनामा रौतहटका आठ जना अझै बेपत्ता - 2016-08-28
कलमपाटी , चितवन १२ भदौ चितवनमा बिहिवार राति गौरबाट पोखरा जादै गरेको बस चितवन स्थित त्रिशुली नदीमा खसेर दुर्घटना हुदा मृत्यू भएका १५ जनाको शव परीवारले बुझेका छन ।रौतहटका आठ जना भारत बिहार राज्यका दुइ जना र सर्लाहीका एक जना गरी अझै ११ जना हराइरहेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747804 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top