समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

बागमती सिचाइ को लापर्वाहीले सोमवार दिनभर राजमार्ग बन्द - 2016-09-13
रौतहट २८ भदौ बागमति सिचाइ आयोजनाको लार्पवाहीका कारण सोमवार पुर्वपस्चिम राजमार्गमा हजारौ यात्रुहरुले दुःख पाएका छन ।

नेपाल एयरलाइन्सको बिमान दुर्घटना बाट जोगियो - 2016-09-13
काठमाण्डौ २८ भदौ दिल्ली बाट काठमाण्डौ आउदै गरेको नेपाल एयरलाइन्सको बिमान अवतरणको क्रममा टायर पड्कीएको छ । जहाजको गियर पनि फसेको बताइएको छ ।

४६ जना सिडिओ कुदाउने एउटा चालक ! - 2016-09-13
उमेरले ६० बर्षिय बिष्णुदयाल साहले गाडी चलाउन थालेको ४० बर्ष नाघ्यो । उन्ले ४० बर्ष एउटै संस्थाको गाडी चलाए,गाडी चढ्ने हाकीमहरु धेरै फेरीए तर उनी फेरीएका छैनन।

भेट्टाएको दश तोला सुन फिर्ता - 2016-09-13
पोखरा २७ भदौ धन देखे पछि महादेवको पनि तीन नेत्र भन्ने भनाइ छ तर एउटा बसका सहचालकले दश तोला सुन भेट्टाएर फिर्ता गरेका छन । स्याङजा सिर्सेकोट–९ का केशरी अधिकारीले बसमा यात्राको क्रममा छोडेको दश तोला सुनको गहना राखेको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका हुन ।

ज्यानमार्नेलाई कार्वाहीको माग गर्दै चक्काजाम - 2016-09-12
रौतहट २७ भदौ आफन्तको कुटेर मार्ने लाइ कार्वाही नगरेको भन्दै स्थानिय तथा मृतकका आफन्तले चन्द्रनिगापुरमा शव राखेर चक्काजम गरेका छन । मृतको शव लाइ सोमवार बिहान देखि राजमार्गमा राखेर गरीएको चक्काजाम दिउसो करीव तीन बजे खुलेको छ ।

प्रनानि पौडल बिरुद्ध बिशेष अदालतमा मुद्धा - 2016-09-12
काठमाण्डौ २७ भदौ प्रहरी प्रधान कार्यालय अन्तर्गतका प्रनानि कुन्दन पौडेलले प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाउने उद्देश्यले झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको भन्दै अख्तियारले पौडेल माथी बिशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

सिराहा हिडेका मन्त्री ,संसद र कार्याकर्ता रौतहटमै रोकिए - 2016-09-12
कलमपाटी २७ भदौ रौतहटको चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराइ जंगलमा रहेको दुइवटा लच्कामा बाढी आएका कारण सिराहा हिडेका नेकपा माओवादी केन्द्रका सयौ नेता कार्यकर्ता चन्द्रनिगाहपुरमा रोकिएका छन ।

राजमार्गमा आएको बाढीमा पसेका यात्रुको उद्धार - 2016-09-12
रौतहट २७ भदौ/

पुर्व पस्चिम राजमार्ग बाढीका कारण अवरुद्ध , बस बाढीमा फस्दा यात्रु जोखिममा - 2016-09-12
रौतहट २७ भदौ पुर्व पस्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा रहेको दुइ वटा लच्कामा बाढी आउदा बिहानै देखि सयौ गाडीहरु रोकिएका छन

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747835 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top