समाज

डेढ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’



समाज प्रकाशित मिति: ललितपुर ६ माघ

यातायात विभाग अन्तर्गतको बाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास भएर राजस्व समेत बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र अझै पाएका छैनन् ।

बाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकोमा अरु अञ्चल कार्यालयबाट समेत सेवा सुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालय प्रमुख तेजनारायण यादवले बताए ।

विभागको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । सुरुमा बाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुने गरेकाले सेवाग्राहीले राजस्व तिरेको एकडेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे ।

१४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र दिन सुरु गरेपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उनले भने, ‘सेवा अन्यत्रबाट पनि सुरु भएको छ तर मेशिन थप नभएकाले समय लागेको हो ।’

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका सेवाग्राही दिनहुँ कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउँछन् । साभार अन्नपुर्ण

गृहमन्त्रीको आदेश नमान्दा एसपीको सरुवा - 2016-09-19
काठमाडौं ३ असोज झै–झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन ।

रौतहटमा संबिधान दिवस मनाइयो - 2016-09-19
कलमपाटी ३ असोज जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा सोमवार बिहान संबिधान दिवस मनाइएको छ । लोकतन्त्रिक आन्दोलनमा साहदत्त प्राप्त गरेकाहरुको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर संबिधान दिवस मनाइएको छ ।

संबिधान दिवसको दिन ५ सय ३७ कैदी को कैद मिनाहा - 2016-09-18
काठमाण्डौ २ असोज सरकारले ५ सय ३७ कैदीको कैद माफी गरेको छ । संबिधान दिवसको अवसारमा मन्त्री परीषदको निर्णयले सोमबार उनीहरु को कैद माफी गरेको हो ।

इन्जिन बिग्रिएर प्लेन दुर्घटना - 2016-09-18
काठमाण्डौ २ असोज कालिकोटको चिलखायामा फागुनमा भएको एयर काष्ठमण्डपको विमान इन्जिन फेल भएर दुर्घटना भएको बताइएको छ । जहाज दुर्घटनाबारे आइतबार पर्यटनमन्त्री जीवनबहादुर शाहीलाइ प्रतिवेदन बुझाउदै दुर्घटना छानविन समिति अध्यक्ष यज्ञप्रसाद गौतमले इन्जिन बन्द भएपछि फोर्स ल्याण्डिङ्ग गर्ने क्रममा दुर्घटना भएको आयोगले जनाएको छ ।

यौन दुव्र्यवहार गरेको भन्दै सुरक्षा गार्ड आन्दोलनमा - 2016-09-18
धरान २ असोज ड्युटीमा बसेकी महिला सुरक्षा गार्डमाथि यौन दुव्र्यवहार भएको भन्दै उनीहरु आन्दोलित भएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुरक्षा गार्डहरू आन्दोलित भएका हुन ।

कार्वन उत्सर्जनका लागी दस्तावेज निमार्ण गरीने - 2016-09-18
रौतहट २ असोज नेपालमा कार्वन उत्सर्जन न्युनीकरणका लागी दस्तावेज निर्माण गरीने भएको छ । स्थानिय स्तर बाटै सुझाव लिने उदेश्यले रौतहटको गौरमा दुइ दिने अन्र्तकृया कार्यक्रम शुरु भएको छ ।

सुन्दा अचम्म लाग्छ, ५ कक्षाका बिधार्थीले अक्षर चिन्दैनन ! - 2016-09-18
सुन्दा पनि अचम्म लाग्छ रौतहटमा प्राथमिक तह उर्तिण गरीसकेका र पढिरहेका बिधार्थीले अक्षर पढ्न जान्दैनन ! सरकारी बिधालयमा पढाइको गुणस्तर खस्केका कारण हजारौ वालवालिकाहरुको भबिश्य अन्यौल बन्दै गइरहेको छ ।

५ राजा, २५ प्रधानमन्त्री फेरे, दुःख फेरीएन - 2016-09-16
चन्द्रनिगाहपुर देखि करीव नौ किलोमटिर गौर तर्फको राजमार्ग हिडेपछि बालचानपुर चौक आउछ , त्यो चोकबाट करीव ७ किलोमिटर पस्चिम कच्चि बाटो हिडेपछि एउटा गांउ आउछ जहा एकसय दुइ बर्षिया बृद्धा भेट्न पाइन्छ ।

फाइल हराएको भन्नु गैरजिम्मेवारी : सर्वोच्च अदालत - 2016-09-16


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 NEXT

English News



749524 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top